एन्फाले नेपाल र बंगलादेशबीचको खेलका लागि १० हजार टिकट बिक्री गर्ने « Khabarhub

एन्फाले नेपाल र बंगलादेशबीचको खेलका लागि १० हजार टिकट बिक्री गर्ने


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र बंगलादेशबीचको खेलका लागि १० हजार टिकट बिक्री गर्ने भएको छ ।  

बिहीबार दशरथ रंगशालामा पत्रकार सम्मेलन गर्दै एन्फाले नेपाल र बंगलादेशबीच २१ र २४ भदौमा हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि सामान्य प्याराफिट तर्फ ९ हजार र भिआइपीतर्फ एक हजार वटा टिकट बिक्री गर्ने जनाएको हो । यसअघि एन्फाले सामान्य प्याराफिट तर्फ ७ हजार वटा टिकट बिक्री गर्ने जनाएको थियो ।

मैत्रीपूर्ण खेलका लागि भीआइपीतर्फको टिकट १ हजार र सामान्य पारापिटतर्फको टिकट मूल्य ५ सय रुपैयाँ तोकिएको छ ।

दुवै खेलको बिजेतालाई ट्रफी र पदक प्रदान गरिने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए। यदि दुवै खेलबाट समग्रमा नजिता नआए दोश्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत बिजेता तय गरिने उनले बताए  । 

उनले मैत्रीपूर्ण फुटबलका लागि सवै तयारी पुरा भएको उल्लेख गर्नुभयो । प्रतियोगीताको अनुमानीत बजेट १ करोड २७ लाख ५८ हजार रुपैयाँ रहेको एन्फाले जनाएको छ । 

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ४ : ५२ बजे

ट्रम्पको धम्की : एपस्टिन टिप्पणीमा ग्रेमी होस्टविरुद्ध कानूनी कारबाही

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन अपराधी जेफ्री एपस्टिनमाथि टिप्पणी

चार करोड मूल्य बराबरको धान खरिद

महेन्द्रनगर– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो यहि माघ २५ गतेदेखि चितवनको भरतपुरमा

बागमतीका मुख्यमन्त्रीबारे जथाभावी बोलेपछि बाजुरामा रास्वपाका उम्मेदवार थापालाई स्पष्टीकरण

काठमाडौं- बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापालाई

नेपालको वर्तमान राजनीतिक चुनौती र भावी सम्भावित निकास

काठमाडौं-नेपालमा पछिल्लो समयमा राजनीतिक घटनाक्रमहरू तीव्रतर तहमा विकास भइरहेका छन्