सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोधमा उत्रियो महासंघ « Khabarhub

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोधमा उत्रियो महासंघ


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति असहमति जनाएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले बिहीबार जारी विज्ञप्तिमा दर्ता वा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने भन्दै आपत्ति प्रकट गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘कुनै विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्दा नागरिकको सूचनाको हक प्रभावित हुन सक्ने पक्षलाई सरकारले ध्यान दिन नसकेकोमा महासंघ आश्चर्य प्रकट गर्दछ।’

महासंघले सामाजिक सञ्जाल नियमनको पक्षमा आफूहरू रहेको तर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रभावित हुने गरी कुनै पनि माध्यम नियन्त्रण गर्ने कदमलाई स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ।

महासंघले नागरिकको सूचनाको हक र प्रेस स्वतन्त्रताको सम्मान गर्दै तत्काल सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउन सरकारसँग माग गरेको छ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ४ : ५९ बजे

मेची भन्सार कार्यालय : पेट्रोलियम आयतबाट पाँचमहिनामा करिब ४ अर्ब राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो

हर्क साम्पाङले पार्टीबाट कारबाही गरेका मित्र परियार नेकपाको समानुपातिक सूचीमा !

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले कारबाही गरेका

बालेन, रवि र कुलमान एकताको तरङ्ग कता-कता ?

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र रवि लामिछाने नेतृत्वको

कांग्रेसले अहिलेसम्म किन बुझाउन सकेन समानुपातिक उम्मेदवारको बन्दसूची ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत

अमेरिकाले राष्ट्रसङ्घको मानवीय सहायताका लागि दुई अर्ब डलर दिने

काठमाडौं – संयुक्त राज्य अमेरिकाले सन् २०२६ मा संयुक्त राष्ट्रसङ्घको