कन्य च्याउको बिउ उत्पादन गरिँदै « Khabarhub

कन्य च्याउको बिउ उत्पादन गरिँदै


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन– व्यावसायिक किट विकास केन्द्र भण्डाराले कन्य च्याउको बिउ उत्पादन सुरु गरेको छ । कार्यालयले यस वर्ष चार हजार पोका (एक हजार किलो) कन्य च्याउको बिउ उत्पादन गर्न लागेको हो ।
 
कार्यालयकी प्रमुख सुरुचि त्रिपाठीका अनुसार चालु आर्थिक वर्षमा व्यावसायिक च्याउखेती गर्ने किसानलाई बिउ उपलब्ध गराउने उद्देश्यले उत्पादन गर्न लागिएको हो । उनले २५० ग्रामका बिउका पोका उत्पादन गर्न लागिएको जनाउँदै बजारमा भन्दा सस्तो र स्तरीय बिउ उत्पादन गरेर किसानलाई उपलब्ध गराइने बताए।

एउटा पोका बिउको मूल्य ३५ निर्धारण गरिएको छ । बजारमा दुई सय ग्राम बिउलाई ३५ पर्ने गरेको उनले बताए। प्रमुख त्रिपाठी भने, ‘कृषि प्राविधिकको निगरानीमा बिउ उत्पादन भएकाले अन्यभन्दा गुणस्तरीय छ ।’

किसानको आवश्यकता अनुसार बिउ उत्पादन बढाउँदै लगिने जनाउँदै उनले हालसम्म एक हजार २०० पोका बिक्रीका लागि तयारी गरिएको बताए। कार्यालयले चार वर्षदेखि च्याउको बिउ उत्पादन गर्दै आएको छ ।
 
कार्यालयले रेशमखेतीका लागि किम्बु, फलफूल तथा आलंकारिक बिरुवाको बेर्ना उत्पादन, रेशमखेतीको विकास, किम्बु बगैँचा व्यवस्थापन तथा किम्बुको मातृ स्रोतको संरक्षण र विकास, रेशमखेतीमा प्रविधिको अध्ययन, परिक्षण, विकास तथा प्रसार गर्दै आएको छ । 

साथै विभिन्न प्रजातिका च्याउको उत्पादन, प्रविधिबारे प्रदर्शनी, च्याउको उन्नत उत्पादन तथा उत्पादनोपरान्त प्रविधि अध्ययन, परिक्षण तथा विकास गर्ने, निजी क्षेत्रका प्रयोगशालामार्फत उत्पादन हुने च्याउ र बिउको अनुगमन तथा सुपरीवेक्षण गरी गुणस्तर परिक्षण गर्नेलगायतका काम गर्दै आएको छ ।
 

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ५ : ०० बजे

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको

नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने

काठमाडौं – नाटक ‘वीर गणेशमान’ भदौ १४ बाट काठमाडौंको कालिकास्थानस्थित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले