उखु किसानले अनुदान रकम प्राप्त गर्न थाले « Khabarhub

उखु किसानले अनुदान रकम प्राप्त गर्न थाले


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले उखु किसानलाई उत्पादन प्रोत्साहनस्वरुप दिने अनुदानवापतको करिब ७५ करोड रकम निकासा गरेको छ । देशभरका १३ जिल्लाका किसानले चिनी उद्योगमा उपलब्ध गराएको करिब दुई करोड १६ लाख क्विन्टल उखु बराबरको सो रकम किसानलाई पठाइएको हो ।

किसानलाई चिनी उद्योगले प्रतिक्विन्टल ५८५ र सरकारले ३० अनुदान दिने व्यवस्थाअनुसार सो रकम उपलब्ध गराइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।

उनका अनुसार रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने व्यवस्था गरिएको छ । मन्त्रालयबाट पठाइएको रकम कतिपय किसानले प्राप्त गरिसकेका उनले जानकारी दिए ।

सरकारले अघिल्लो वर्ष प्रतिक्विन्टल ७० का दरले किसानलाई अनुदान रकम दिँदै आएको भए पनि बजेट अभावका कारण अनुदान रकम आधाले घटाएर प्रतिक्विन्टल ३५ कटौती गरेको थियो । सरकारले मन्त्रिपरिषद् बैठकबाट यसपटक उखु किसानलाई प्रतिक्विन्टल ३५ अनुदान उपलब्ध गराउने निर्णय गरेपछि प्राविधिक कारणले निकासामा ढिलाइ भएको थियो । किसानले रकम समयमै प्राप्त गर्न र उक्त प्रोत्साहन रकम कटौती नगर्न माग गर्दै आएका थिए ।

सुनसरी सिराहा, सर्लाही, महोत्तरी, रौतहट, बारा, नवलपरासीलगायत जिल्लामा व्यवसायिक उखुखेती हुने गर्दछ । सरकारले किसानहरूलाई प्रोत्साहित गरी उखु उत्पादन वृद्धि गर्न अनुदान रकमको व्यवस्था गरेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ५ : १९ बजे

ट्रम्पको धम्की : एपस्टिन टिप्पणीमा ग्रेमी होस्टविरुद्ध कानूनी कारबाही

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन अपराधी जेफ्री एपस्टिनमाथि टिप्पणी

चार करोड मूल्य बराबरको धान खरिद

महेन्द्रनगर– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो यहि माघ २५ गतेदेखि चितवनको भरतपुरमा

बागमतीका मुख्यमन्त्रीबारे जथाभावी बोलेपछि बाजुरामा रास्वपाका उम्मेदवार थापालाई स्पष्टीकरण

काठमाडौं- बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापालाई

नेपालको वर्तमान राजनीतिक चुनौती र भावी सम्भावित निकास

काठमाडौं-नेपालमा पछिल्लो समयमा राजनीतिक घटनाक्रमहरू तीव्रतर तहमा विकास भइरहेका छन्