भारतमा वस्तु सेवा करमा भारी कटौती, नेपालमा कस्तो प्रभाव पर्ला ? | Khabarhub Khabarhub

भारतमा वस्तु सेवा करमा भारी कटौती, नेपालमा कस्तो प्रभाव पर्ला ?


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबारदेखि भारत सरकारले वस्तु तथा सेवा कर (जीएसटी)मा भारी कटौती गरेको छ । सेप्टेम्बर २२ देखि लागू हुनेगरि ल्याइएको नयाँ जीएसटी दरमा विभिन्न सयौँ वस्तुमाथि लाग्ने करलाई शून्य बनाइएको छ भने अधिकांश वस्तुमाथिको करलाई आधा भन्दा बढीले कटौती गरिएको छ ।

भारतले विभिन्न वस्तुमा ५, १२, १८ र २८ प्रतिशतसम्म जीएसटी लगाउँदै आएको थियो । पछिल्लो संशोधनमार्फत अधिकांश वस्तुमा लगाइएको करमा कटौती गरेको छ भने चुरोट तथा टोबाकोमा लाग्ने वृद्धि गरेको छ ।

कुन वस्तुमा कस्तो कर ?

उच्च तापक्रममा राखिएको दूध, पनिर, चना, परौठा, भारतीय रोटी, दर्जनौँ प्रकारका औषधी, कापी, पेन्सिल लगायतका वस्तुमा लगाइएको जीएसटी करलाई शून्यमा झारिएको छ । अधिकांश वस्तुमाथि लगाइएको १८ प्रतिशत जीएसटी पाँच प्रतिशतमा झारिएको छ ।

गुलिया मिठाई, कोका, केक विस्कुट, चिया लगायतका वस्तुमा लगाइएको १८ प्रतिशत जीएसटीलाई एकैपटक पाँच प्रतिशतमा झारिएको छ । तर, भारतले क्याफिन पेय पदार्थ, सिगारेट, टोबाको उत्पादन गर्ने वस्तुमा लाग्दै आएको २८ प्रतिशत जीएसटी वृद्धि गरेर ४० प्रतिशत पुर्याएको छ ।

भारतले विभिन्न ३३ वटा औषधीमा लगाउँदै आएको १२ प्रतिशत करलाई शून्यमा झारेको छ भने काठ, बाँसको कार्पेट र अधिकांश हाते सामग्रीमा लाग्ने जीएसटीलाई १२ बाट पाँच प्रतिशतमा झारिएको छ । त्यस्तै, टेलर, ट्रयाक्टर लगायत विभिन्न किसिमका सवारी साधनको इन्जिनको जीएसटी पनि कटौती गरिएको छ भने पार्ट एसेसेरिसको कर पनि कटौती गरिएको छ ।

नेपालबाट भारतमा निकासी हुने वस्तुमा प्रभाव

नेपालबाट सबैभन्दा धेरै वस्तुको निर्यात भारतमा हुने गर्छ । गत आर्थिक वर्षमा नेपालबाट दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख दुई हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । जबकी सो अवधिमा भारतमा मात्रै दुई खर्ब २४ अर्ब ६८ करोड ४३ लाख ९६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

भारतले गरेको जीएसटी परिवर्तनको असर नेपाली निर्यातकर्तालाई पर्ने देखिएको छ । गत आर्थिक वर्षमा नेपालबाट सोयाबिन तेल र कच्चापदार्थ, अलैँची, फलफूलको जुस, छड, धागो, कालो चिया, सिमेन्ट, कत्था लगायतका वस्तु निर्यात भएको थियो । 

भारतले पोर्टल्यान्ड सिमेन्ट र किल्ङकरमा २८ प्रतिशत लगाउँदै आएको जीएसटीलाई घटाएर १८ प्रतिशतमा झारेको छ । जसले नेपालबाट निर्यात हुनेगरेको सिमेन्टलाई प्रत्यक्ष असर पार्ने देखिन्छ ।

त्यस्तै, भारतले प्लाइउड तयार गर्ने वस्तुमा लगाउँदै आएको १२ प्रतिशत जीएसटीलाई घटाएर ५ प्रतिशतमा झारेको छ । तर, नेपालबाट निर्यात हुने प्लाइउडको सामग्री भने प्रभावित नहुने नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले बताएका छन् ।

खबरहबसँग कुरा गर्दै घिमिरेले नेपालबाट निर्यात हुने प्लाइउड सामग्रीमा कर हेरफेर नगरेकोले नेपालको प्लाइउड निर्यात प्रभावित नहुने बताए । तर, भारतले आन्तरिक उद्योग र उपभोगलाई प्रवर्द्धन गर्न खोजेकाले नेपालले पनि प्रभावित हुने विषय हेरेर सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै, नेपाल कत्था उत्पादक संघका उपाध्यक्ष विजयकुमार गुप्ताले भारतले घटाएको जीएसटीले नेपालको कत्था निर्यातमा असर नपर्ने बताए । भन्सारमा थप कर नलगाएर उपभोगमा कर कटौती गरिएको कारणले नेपालको निर्यातमा नकारात्मक असर नपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ५ : ५४ बजे

जुम्ला पुगे चिरीबाबु

जुम्ला– ललितपुर महानगरका मेयर चिरीबाबु महर्जसहितको प्रतिनिधिमण्डल जुम्ला पुगेका छन्

इलाममा बाढीपहिरोले क्षतिग्रस्त सडक खुलाउन धमाधम काम हुँदै

काठमाडौं- पूर्वी पहाडका जिल्लाहरु जोड्ने मेची राजमार्ग असोज १८, १९

सर्वोच्चमा रिट हाल्नेको जिकिर : सुशीला कार्कीको नियुक्ति असंवैधानिक, संसद् फर्किनु पर्छ

काठमाडौं- अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा

अब दर्ता नभई सहकारी सञ्चालन गर्न नपाइने, १५ लाखसम्म जरिवाना

काठमाडौं– अबदेखि दर्ता नभई कुनै पनि बचत तथा ऋण सहकारी

पर्यटकको पर्खाइमा गण्डकीका पर्यटकीयस्थल

गण्डकी– दशैँलगत्तै बर्सातका कारण दुई–तीन दिन मौसम प्रतिकूल भए पनि