सूचीकरणका लागि सरकारको सम्पर्कमा आयो मेटा, हाम्रो पात्रोले दियो निवेदन « Khabarhub

सूचीकरणका लागि सरकारको सम्पर्कमा आयो मेटा, हाम्रो पात्रोले दियो निवेदन


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सामाजिक सञ्जालको मातृसंस्था मेटा सरकारको सम्पर्कमा आएको छ।

नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गराउने सरकारको निर्णयसँगै मेटाका प्रतिनिधिले सञ्चार प्रविधि तथा सूचना प्रविधिमन्त्रीको सचिवालयमा सम्पर्क गरेका हुन् ।

सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले खबरहबलाई बताएअनुसार मेटाका प्रतिनिधिले सूचीकरणका लागि आवश्यक प्रक्रिया र डकुमेन्टबारे जिज्ञासा राखेका छन् ।

‘मेटाका प्रतिनिधिले सूचीकरणमा जानका लागि आवश्यक प्रक्रिया र कागजपत्रबारे जिज्ञासा राख्दै सम्पर्कमा आएका छन्’, ठाकुले भने, ‘तर उनीहरू औ‍पचारिक रुपमा निवेदनसहित आएका छैनन् । उनीहरूले चासो राखेपछि हामीले आवश्यक प्रक्रिया बताइदिएका छौँ ।’

ठाकुरका अनुसार सूचीकरणका लागि आवश्यक कागजपत्र र कानुनी प्रक्रियाको विवरण मेटालाई बिहीबार नै पठाइएको छ ।

नेपालसहित विश्वभर सबैभन्दा धेरै चलाइने सामाजिक सञ्जालमध्ये एक फेसबुक रहेको छ। तर फेसबुकको मातृसंस्थालाई पटक पटक आग्रह गर्दा पनि सूचीकरण हुन अस्वीकार गर्दै आएको थियो ।

यसैबीच अर्को अनलाइन प्लेटफर्म हाम्रो पात्रोले बिहीबार नै सूचीकरणका लागि निवेदन दिएको प्रवक्ता ठाकुरले बताए । ‘बन्द गराउने निर्णयसँगै सूचीकरणका लागि हाम्रो पात्रोको निवेदन आइपुगेको छ’, उनले भने, ‘हामी कागजपत्र जाँचपछि सूचीकरण अघि बढाउँछौँ । मेटाले पनि सूचीकरणका लागि निवेदन दिने विश्वास हामीले लिएका छौँ ।’

उनले मेटालाई सूचीकरणका लागि आवश्यक कागजपत्रको विवरणसहितको ईमेल बिहीबार पठाइसकिएको जानकारी पनि दिएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ६ : ३३ बजे

ट्रम्पको धम्की : एपस्टिन टिप्पणीमा ग्रेमी होस्टविरुद्ध कानूनी कारबाही

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन अपराधी जेफ्री एपस्टिनमाथि टिप्पणी

चार करोड मूल्य बराबरको धान खरिद

महेन्द्रनगर– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो यहि माघ २५ गतेदेखि चितवनको भरतपुरमा

बागमतीका मुख्यमन्त्रीबारे जथाभावी बोलेपछि बाजुरामा रास्वपाका उम्मेदवार थापालाई स्पष्टीकरण

काठमाडौं- बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापालाई

नेपालको वर्तमान राजनीतिक चुनौती र भावी सम्भावित निकास

काठमाडौं-नेपालमा पछिल्लो समयमा राजनीतिक घटनाक्रमहरू तीव्रतर तहमा विकास भइरहेका छन्