सूचीकरणका लागि सरकारको सम्पर्कमा आयो मेटा, हाम्रो पात्रोले दियो निवेदन « Khabarhub

सूचीकरणका लागि सरकारको सम्पर्कमा आयो मेटा, हाम्रो पात्रोले दियो निवेदन


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सामाजिक सञ्जालको मातृसंस्था मेटा सरकारको सम्पर्कमा आएको छ।

नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गराउने सरकारको निर्णयसँगै मेटाका प्रतिनिधिले सञ्चार प्रविधि तथा सूचना प्रविधिमन्त्रीको सचिवालयमा सम्पर्क गरेका हुन् ।

सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले खबरहबलाई बताएअनुसार मेटाका प्रतिनिधिले सूचीकरणका लागि आवश्यक प्रक्रिया र डकुमेन्टबारे जिज्ञासा राखेका छन् ।

‘मेटाका प्रतिनिधिले सूचीकरणमा जानका लागि आवश्यक प्रक्रिया र कागजपत्रबारे जिज्ञासा राख्दै सम्पर्कमा आएका छन्’, ठाकुले भने, ‘तर उनीहरू औ‍पचारिक रुपमा निवेदनसहित आएका छैनन् । उनीहरूले चासो राखेपछि हामीले आवश्यक प्रक्रिया बताइदिएका छौँ ।’

ठाकुरका अनुसार सूचीकरणका लागि आवश्यक कागजपत्र र कानुनी प्रक्रियाको विवरण मेटालाई बिहीबार नै पठाइएको छ ।

नेपालसहित विश्वभर सबैभन्दा धेरै चलाइने सामाजिक सञ्जालमध्ये एक फेसबुक रहेको छ। तर फेसबुकको मातृसंस्थालाई पटक पटक आग्रह गर्दा पनि सूचीकरण हुन अस्वीकार गर्दै आएको थियो ।

यसैबीच अर्को अनलाइन प्लेटफर्म हाम्रो पात्रोले बिहीबार नै सूचीकरणका लागि निवेदन दिएको प्रवक्ता ठाकुरले बताए । ‘बन्द गराउने निर्णयसँगै सूचीकरणका लागि हाम्रो पात्रोको निवेदन आइपुगेको छ’, उनले भने, ‘हामी कागजपत्र जाँचपछि सूचीकरण अघि बढाउँछौँ । मेटाले पनि सूचीकरणका लागि निवेदन दिने विश्वास हामीले लिएका छौँ ।’

उनले मेटालाई सूचीकरणका लागि आवश्यक कागजपत्रको विवरणसहितको ईमेल बिहीबार पठाइसकिएको जानकारी पनि दिएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ६ : ३३ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १५ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १५ गते मंगलबार तदनुसार

रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव