बागलुङमा डेङ्गुभन्दा स्क्रब टाइफसका बिरामी धेरै « Khabarhub

बागलुङमा डेङ्गुभन्दा स्क्रब टाइफसका बिरामी धेरै


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङमा डेङ्गुभन्दा स्क्रब टाइफसका बिरामी धेरै देखिएका छन् । साउनयता जिल्लामा २० जनामा डेङ्गु सङ्क्रमण देखिँदा १५८ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । 

स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माका अनुसार डेङ्गुभन्दा आठ गुणाबढी स्क्रब टाइफस देखिएको छ ।  स्क्रब टाइफसका सबैभन्दा धेरै सङ्क्रमित गलकोट नगरपालिकामा फेला परेका छन् ।

गलकोट नगरपालिकामा १३५ जना स्क्रब टाइफसबाट सङ्क्रमित भएका छन् । त्यसपछि बडिगाड गाउँपालिकामा आठ, ताराखोला गाउँपालिकामा चार र ढोरपाटन नगरपालिकामा एक जना सङ्क्रमित भेटिएका छन् । 

अन्य जिल्ला ठेगाना भएका छ जना सङ्क्रमित भएका छन् । गलकोट नगर अस्पतालमा १५८ जनामध्ये १५३ जना, धौलागिरी अस्पतालमा चार जना र बुर्तिबाङ अस्पतालमा एक जनामा स्क्रब टाइफस पुष्टि भएको हो । 

गलकोट नगर अस्पतालमा आउने बिरामीमध्ये दैनिक न्यूनतम पाँच जनासम्मका बिरामीमा स्क्रब टाइफस देखिएको छ । अन्यत्रभन्दा यहाँ धेरै परीक्षण गरेका कारण सङ्क्रमणको सङ्ख्यासमेत बढी पाइएको गलकोट नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले बताए। उनले अहिले अस्पतालमा सात जना स्क्रब टाइफस र डेङ्गुका बिरामी उपचाररत रहेका र अन्य बिरामी उपचारपछि घर फर्केको जानकारी दिए । 

स्क्रब टाइफस मुख्यतया झारपात र घाँसपातमा बस्ने किराबाट फैलने भएकाले सावधानी अपनाउन पर्ने स्वास्थ्यकर्मी बताउँछन् ।  सङ्क्रमितलाई उच्च ज्वरो, टाउको दुख्ने, शरीरमा रातो दाग आउनेलगायतका लक्षण देखिने गर्छ ।

यसैगरी, बागलुङमा चालु आर्थिक वर्षमा पुष्टि भएका २० जना डेङ्गु सङ्क्रमितमध्ये सबैभन्दा बढी गलकोट नगरपालिकामै रहेको पाइएको छ । जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको जनस्वास्थ्य निरीक्षक शर्माले बताए। उनका अनुसार बागलुङका १० स्थानीय तहमध्ये सबैभन्दा बढी गलकोट नगरपालिकामा नौ जना सङ्क्रमित छन् । 

ढोरपाटन नगरपालिकामा चार, ताराखोला गाउँपालिकामा दुई, बागलुङ नगरपालिकामा तीन, काठेखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा एक÷एक जना डेङ्गु सङ्क्रमित भेटिएका छन् । अन्य पालिकामा हालसम्म डेङ्गु सङ्क्रमित भेटिएका छैनन् ।

डेङ्गु सङ्क्रमित २० मध्ये गलकोट नगर अस्पतालमा ११, बुर्तिबाङ अस्पतालमा पाँच र धौलागिरि अस्पतालमा चार जना उपचारपछि घर फर्केका छन् । 

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ७ : २० बजे

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक