भारतमा विशाल डेटा सेन्टर बनाउने ओपनएआईको योजना « Khabarhub

भारतमा विशाल डेटा सेन्टर बनाउने ओपनएआईको योजना


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको एआई कम्पनी ओपनएआईले भारतमा विशाल डेटा सेन्टर बनाउने भएको छ । स्टारगेट ब्राण्डको एआई पूर्वाधार निर्माण गर्नका लागि ओपनएआईले भारतलाई छानेको हो ।

हाल यस कम्पनीले भारतमा स्थानीय साझेदार खोजिरहेको ब्लूमबर्गले जनाएको छ । ओपनएआईले १ गिगावाट क्षमताको डेटा सेन्टर निर्माणको तयारी गरिरहेको जनाइएको छ ।

ओपनएआईको यस डेटा सेन्टर भारतकै सबैभन्दा ठूलो हुनसक्ने अनुमान गरिएको छ । भारतमा माइक्रोसफ्ट, अल्फबेटको गुगल कम्पनी र एशियाका धनाढ्य मुकेश अम्बानीले पनि यस्तै पूर्वाधार निर्माणका लागि भारतमा लगानी गरेका छन् ।

ओपनएआईको नयाँ परियोजना स्थान र समयसीमा भने अझै स्पष्ट भइसकेको छैन । कम्पनीका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले यसै महिना भारत भ्रमणका क्रममा नयाँ डेटा सेन्टरबारे घोषणा गर्ने अपेक्षा गरिएको छ ।

पछिल्लो समय भारत र अमेरिकाबीच व्यापारका विषयमा तनाव चुलिरहेका बेला ओपनएआईको नयाँ योजना सार्वजनिक भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ५० प्रतिशत भन्सार शुल्क लगाएका छन् ।

ओपनएआईका प्रतिनिधिले भारतमा नयाँ पूर्वाधार निर्माण गर्ने विषयमा टिप्पणी गर्न अस्वीकार गरेको ब्लुमबर्गले जनाएको छ ।

ओपनएआईले अमेरिकामा ५ खर्ब अमेरिकी डलर बराबर स्टागेट परियोजना घोषणा गरेको छ । यसका लागि कम्पनीले सफ्टबैंक र ओराकलसँग साझेदारी गरेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ८ : ४४ बजे

महाधिवेशन प्रतिनिधि सीताको निष्कर्ष- अब अरु दलको चुनाव चिन्हमा भोट हालिँदैन

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र जारी

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन

काठमाडौं– नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध 

ललितपुर– ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति  

काठमाडौं– नेपाली कांग्रेसको विवाद समाधानका लागि मंगलबार बिहान भएको त्रिपक्षीय

त्रिशूली किनारमा बालुवाले पुरिएको गाडीको उत्खनन जारी

तनहुँ– तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदीको किनारमा