भूकम्पबाट पीडित अफगानिस्तानलाई भारतले पठायो मानवीय सहायता « Khabarhub

भूकम्पबाट पीडित अफगानिस्तानलाई भारतले पठायो मानवीय सहायता


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले भूकम्पबाट पीडित अफगानिस्तानलाई मानवीय सहायता प्रदान गरेको छ । भारतको विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै अफगानिस्तानलाई मानवीय सहायता प्रदान गरेको जानकारी दिएको हो ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको तस्बिरमा चामल र अन्य खानेकुराका बोरा लोड गरिएका ट्रकहरु देख्न सकिन्छ । त्यसअघि भारतीय विदेशमन्त्री एस जयशङ्करले अफगानिस्तानका समकक्षी मौलवी आमिर खान मुत्तकीसँग टेलिफोनमा कुराकानी गर्दै भूकम्पप्रति दुःख व्यक्त गरेका थिए ।

विदेशमन्त्री जयशङ्करले राजधानी काबुलमा पीडितका लागि १ हजार पाल वितरण गरिएको जानकारी दिएका छन् । त्यसैगरी भारतले प्रदान गरेको थप १५ टन खानेकुरा पनि काबुलबाट कुनारतर्फ लगिएको जनाइएको छ ।

गत सोमबार अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको ननगरहार प्रान्तमा रहेको जनाइएको छ ।

भूकम्पको धक्का पाकिस्तानका विभिन्न क्षेत्रमा पनि महसुस गरिएको थियो । भूकम्पका क्रममा हालसम्म २ हजार २ सय जनाको ज्यान गइसकेको छ । उक्त

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ८ : ५८ बजे

महाधिवेशन प्रतिनिधि सीताको निष्कर्ष- अब अरु दलको चुनाव चिन्हमा भोट हालिँदैन

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र जारी

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन

काठमाडौं– नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध 

ललितपुर– ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति  

काठमाडौं– नेपाली कांग्रेसको विवाद समाधानका लागि मंगलबार बिहान भएको त्रिपक्षीय

त्रिशूली किनारमा बालुवाले पुरिएको गाडीको उत्खनन जारी

तनहुँ– तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदीको किनारमा