पाकिस्तानको बलोचिस्तानमा व्यक्ति बेपत्ताका नयाँ घटना सार्वजनिक « Khabarhub

पाकिस्तानको बलोचिस्तानमा व्यक्ति बेपत्ताका नयाँ घटना सार्वजनिक


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको बलोचिस्तानमा व्यक्ति बेपत्ताका नयाँ घटना सार्वजनिक भएका छन् । समाचारमा जनाइएअनुसार पछिल्लो समय थप चार जनालाई जबरजस्ती बेपत्ता पारिएको छ ।

यसरी बेपत्ता हुनेमध्ये गोप्य रुपमा बन्धक भइ हालै रिहा भएका एक जना पनि छन् । बलोचिस्तान पोस्टको समाचारमा जनाइएअनुसार गत शुक्रबार बेलुका पञ्जगुर क्षेत्रको चित्कन कलम चोकबाट मेहरब नाम गरेका व्यक्तलाई ५ जना हतियारधारीले लगेका थिए । ती हतियारधारी ‘मृत्युदस्ता’ भनिने राज्यसमर्थक लडाकु रहेको विश्वास गरिएको छ ।

त्यसैगरी, बलोचिस्तान विश्वविद्यालयमा सामाजिक कार्य अध्ययन गरिरहेका इमरान बलोचलाई गत अगस्ट २७ का दिन अज्ञात व्यक्तिले लिएर गएका थिए । उनलाई क्वेटा शहरमा रहेको आफ्नै घरबाट अपहरण गरिएको परिवारले जनाएको छ ।

सोही दिन केच जिल्लामा गुलाम रसूलका छोरा लियाकतलाई पनि पाकिस्तानी फौजले नियन्त्रणमा लिएको जनाइएको छ । उनको अवस्था पनि अज्ञात छ ।

त्यस्तै, क्वेटाको ग्यास कोलोनी क्षेत्रमा इन्यातुल्लाह जेहरीलाई पनि सुरक्षा बलले अज्ञात स्थानमा लिएर गएका छन् । उनका भाइ इजातुल्लाहले यसअघि पनि इन्यातुल्लाहलाई बेपत्ता पारिएको जानकारी दिएका छन् । हालै उनी रिहा भएपनि फेरि बेपत्ता पारिएको उनको परिवारले जानकारी दिएको छ ।

हाल बलोचिस्तानमा बेपत्ता व्यक्तिलाई न्याय दिलाउनका लागि निरन्तर प्रदर्शन हुँदै आएको छ । प्रदर्शनकैबीच व्यक्ति बेपत्ताका नयाँ घटना सार्वजनिक भएपछि अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ९ : १४ बजे

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौँ– सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले