पाकिस्तानको बलोचिस्तानमा व्यक्ति बेपत्ताका नयाँ घटना सार्वजनिक « Khabarhub

पाकिस्तानको बलोचिस्तानमा व्यक्ति बेपत्ताका नयाँ घटना सार्वजनिक


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको बलोचिस्तानमा व्यक्ति बेपत्ताका नयाँ घटना सार्वजनिक भएका छन् । समाचारमा जनाइएअनुसार पछिल्लो समय थप चार जनालाई जबरजस्ती बेपत्ता पारिएको छ ।

यसरी बेपत्ता हुनेमध्ये गोप्य रुपमा बन्धक भइ हालै रिहा भएका एक जना पनि छन् । बलोचिस्तान पोस्टको समाचारमा जनाइएअनुसार गत शुक्रबार बेलुका पञ्जगुर क्षेत्रको चित्कन कलम चोकबाट मेहरब नाम गरेका व्यक्तलाई ५ जना हतियारधारीले लगेका थिए । ती हतियारधारी ‘मृत्युदस्ता’ भनिने राज्यसमर्थक लडाकु रहेको विश्वास गरिएको छ ।

त्यसैगरी, बलोचिस्तान विश्वविद्यालयमा सामाजिक कार्य अध्ययन गरिरहेका इमरान बलोचलाई गत अगस्ट २७ का दिन अज्ञात व्यक्तिले लिएर गएका थिए । उनलाई क्वेटा शहरमा रहेको आफ्नै घरबाट अपहरण गरिएको परिवारले जनाएको छ ।

सोही दिन केच जिल्लामा गुलाम रसूलका छोरा लियाकतलाई पनि पाकिस्तानी फौजले नियन्त्रणमा लिएको जनाइएको छ । उनको अवस्था पनि अज्ञात छ ।

त्यस्तै, क्वेटाको ग्यास कोलोनी क्षेत्रमा इन्यातुल्लाह जेहरीलाई पनि सुरक्षा बलले अज्ञात स्थानमा लिएर गएका छन् । उनका भाइ इजातुल्लाहले यसअघि पनि इन्यातुल्लाहलाई बेपत्ता पारिएको जानकारी दिएका छन् । हालै उनी रिहा भएपनि फेरि बेपत्ता पारिएको उनको परिवारले जानकारी दिएको छ ।

हाल बलोचिस्तानमा बेपत्ता व्यक्तिलाई न्याय दिलाउनका लागि निरन्तर प्रदर्शन हुँदै आएको छ । प्रदर्शनकैबीच व्यक्ति बेपत्ताका नयाँ घटना सार्वजनिक भएपछि अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ९ : १४ बजे

महाधिवेशन प्रतिनिधि सीताको निष्कर्ष- अब अरु दलको चुनाव चिन्हमा भोट हालिँदैन

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र जारी

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन

काठमाडौं– नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध 

ललितपुर– ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति  

काठमाडौं– नेपाली कांग्रेसको विवाद समाधानका लागि मंगलबार बिहान भएको त्रिपक्षीय

त्रिशूली किनारमा बालुवाले पुरिएको गाडीको उत्खनन जारी

तनहुँ– तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदीको किनारमा