एससीओ घोषणापत्रमा आतंकवादको कडा विरोध « Khabarhub

एससीओ घोषणापत्रमा आतंकवादको कडा विरोध


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साङ्घाई सहयोग संगठन एससीओको सम्मेलनले आतंकवादको विरोधमा कडा वक्तव्य जारी गर्दै घोषणापत्र सार्वजनिक गरेको छ । एससीओका सदस्य राष्ट्रहरुले यसै वर्षको अप्रिल २२ का दिन पहलगाम क्षेत्रमा भएको आतंककारी आक्रमणको निन्दा गरेका छन् ।

उक्त आक्रमणमा एक जना नेपाली नागरिकसहित २६ जनाको ज्यान गएको थियो । सदस्य राष्ट्रहरुले घटनाका पीडित तथा परिवारजनमा गहिरो दुःख तथा समवेदना प्रकट गरेका छन् ।

सदस्य मुलुकहरुले यस्ता आक्रमणको योजना बनाउने, व्यवस्थापन गर्ने र प्रायोजक गर्नेलाई न्यायको कठघरामा ल्याउनुपर्नेमा पनि जोड दिएका छन् । सदस्य मुलुकहरुले आतंकवाद, पृथकतावाद र उग्रवादविरुद्ध लड्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

सदस्य राष्ट्रहरुले पाकिस्तानको बलोचिस्तानमा जाफर एक्सप्रेस रेलमा भएको आक्रमण र मध्यपूर्वमा चलिरहेको संकटको पनि विरोध गरेका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार यसअघि गत जुन महिनामा भारतले एससीओको संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेको थियो ।

एससीओ रक्षामन्त्रीहरुको सम्मेलनमा अप्रिल २२ मा भएको आतंककारी आक्रमणबारे उल्लेख नगरिएपनि भारतले उक्त घोषणापत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेको हो । आतंकवादबारे कुनै पनि दोहोरो चरित्र अस्वीकार रहेको भन्दै चीनको चिङ्डाओमा आयोजित उक्त सम्मेलनको घोषणापत्र हस्ताक्षर नगरिएको भारतीय रक्षामन्त्री राजनाथ सिंहले जनाएका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ९ : ४५ बजे

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौँ– सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले