बिपी राजमार्ग भएर गुड्ने सवारी साधन काभ्रेभञ्ज्याङ र मंगलटारमै रोकिए « Khabarhub

बिपी राजमार्ग भएर गुड्ने सवारी साधन काभ्रेभञ्ज्याङ र मंगलटारमै रोकिए


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लगातार ठुलो पानी परेपछि बिपी राजमार्ग हुँदै काठमाडौं प्रवेश गर्ने र उपत्यकाबाट बाहिरिने सवारी साधनलाई रोकिएको छ।

सडकको अवस्था हेरेर सुरक्षाकर्मीको सूचनाका आधारमा सञ्चालन गर्नेगरी अहिले उपत्यकाबाट बाहिरिने सवारी साधनलाई काभ्रेभञ्ज्याङ र उपत्यका बाहिरबाट बिपी राजमार्ग हुँदै काठमाडौं आउँदै गरेका सवारी साधनलाई मंगलटारमा रोकिएको हो।

भकुण्डेबेसी, धुलिखेल र बनेपामा ठुलो पानी परेपछि जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मीले सवारी साधनलाई सुरक्षित ठाउँमा रोकेका हुन्।

पानी पर्नेक्रम रोकिए लगत्तै सवरी साधनलाई बाटोको अवस्था हेरेर छोडिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ८ : ०२ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा