छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

राजविराज– यहाँ छुट्टाछुट्टै दुर्घटनामा परी आज तीन जनाको ज्यान गएको छ । हुलाकी सडक खण्डअन्तर्गत जिल्लाको खड्क नगरपालिका–११ बनौलीमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुवै मोटरसाइकलका चालकको ज्यान गएको छ ।
   
बोदेबर्साइनबाट राजविराजतर्फ आउँदै गरेको मधेस प्रदेश ०१–००५ प ६८३२ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मधेस प्रदेश २–०१–००३ प ६९३२ नम्बरको मोटरसाइकल एकापसमा ठोकिएर दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार  दुर्घटनामा मधेस प्रदेश २–०१–००३ प ६९३२ नम्बरको मोटरसाइकलका चालक खड्क नगरपालिका–१० बेल्हाका २८ वर्षीय चिन्तामणि चौधरी र मधेस प्रदेश ०१–००५ प ६८३२ नम्बरको मोटरसाइकलका चालक सुरुङगा नगरपालिका–७ बस्ने २७ वर्षीय  सोविन चौधरीको मृत्यु भएको छ  । 
    
यस्तै जिल्लाको तिरहुत गाउँपालिका–१ धनपुरीमा हायसको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ । काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बा प्र०३–००१ ख २५८२ नं हायसले बाटो काटिरहेका पैदल यात्री स्थानीय देवन पञ्जियारका ७० वर्षीया श्रीमती जगियादेवी पञ्जियारलाई ठक्कर दिँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ  ।

दुर्घटनापछि हायस तथा चालक धादिङको बेनिरोराङ गाउँपालिका–४ बस्ने ४० वर्षीय मदन श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  १२ : ५१ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर