जापानमा भालुको आक्रमणबाट एक जनाको मृत्यु, एक बेपत्ता « Khabarhub

जापानमा भालुको आक्रमणबाट एक जनाको मृत्यु, एक बेपत्ता


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

टोकियो– उत्तरी जापानमा च्याउ टिप्ने क्रममा भालुले आक्रमण गरेपछि एक महिलाको मृत्यु हुनुका साथै अर्को एक जना बेपत्ता भएको प्रहरी तथा स्थानीय मिडियाले शनिबार जनाएका छन् । 

हालसालैका वर्षहरूमा जापानमा, आवासीय क्षेत्रहरूमा पनि, घट्दो मानव जनसङ्ख्या र जलवायु परिवर्तन जस्ता कारण  अधिक मात्रामा जङ्गली भालुहरू देखिएका छन् ।

महिलालाई भालुले आक्रमण गरे पछि स्थानीय तथा मिडियाले प्रहरीलाई रिपोर्ट गरेको र अझै मृत्युको कारण बारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

मृतकको शरीरमा भएको चोटका आधारमा जनावरले आक्रमण गरेको प्रहरीले विश्वास गरेको सार्वजनिक प्रसारणकर्ता एन. एच. के. ले जनाएको छ ।

असाही सिम्बु दैनिकका अनुसार नागानो प्रान्तमा ७८ वर्षीय व्यक्तिको शव फेला परेको  र मृत्यु भालुको आक्रमण बाट भएको प्रहरीले अनुमान गरेको रिपोर्ट गरेको छ ।  

गत महिना, जापानले भालुको आक्रमणमा वृद्धि भएपछि निर्मित क्षेत्रहरूमा शिकारीहरूलाई राइफल प्रयोग गर्न सजिलो बनाउन हात हतियार सम्बन्धी नियमहरू सहज बनाएको थियो । 
 
एनएचकेका अनुसार राष्ट्रव्यापी रूपमा ६९ जना भालुको आक्रमणले घाइते भएका थिए, जस मध्ये पाँच जनाको यस वर्षको अप्रिल र अगस्टको बिचमा मृत्यु भएको थियो ।

सरकारी तथ्यांकले गत वर्षमा भालुले ८५ जनालाई आक्रमण गरेको र तीन जनाको मृत्यु भएको देखाएको छ ।  

 यसै गरी अघिल्लो वर्ष भालुले २१९ जनालाई आक्रमण गर्दा ६ जनाको मृत्यु भएको जनाइएको छ ।  

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  १ : ११ बजे

बालेन्द्रले दमकको उराव बस्तीबाट सोमबार घरदैलो थाल्दै

दमक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट झापा–५ मा प्रतिनिधि सभा

राष्ट्रियसभा निर्वाचन: बागमती प्रदेशबाट कांग्रेसकी देवकोटा र एमालेका दङ्गाल विजयी

मकवानपुर– राष्ट्रिय सभाको आज भएको निर्वाचनमा बागमती प्रदेशबाट महिलातर्फ नेपाली

स्रो बृहत् राष्ट्रिय बालसाहित्य महोत्सव सुरु

ललितपुर– बालबालिकामा पठन संस्कृति, सम्पदा, प्रविधि, साहित्य र शिक्षाबारे ज्ञान

जिरीका किसानलाई वर्षे आलु रोप्न भ्याई नभ्याई 

दोलखा– आलु खेतीको उर्वर भूमिको रूपमा रहेको जिल्लाको जिरी नगर

स्वास्थ्य बीमा दाबी भुक्तानीसम्बन्धी प्रक्रिया कडाइका साथ पालना गर्न बोर्डको निर्देशन 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी भुक्तानीसम्बन्धी