एमाले महासचिव पोखरेलको आग्रह – सचेत रहौँं, जनताको सुरक्षामा जुटौँ « Khabarhub

एमाले महासचिव पोखरेलको आग्रह – सचेत रहौँं, जनताको सुरक्षामा जुटौँ


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशभर भइरहेको निरन्तर वर्षा र सम्भावित विपद्‌का कारण जनसुरक्षालाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

मौसम पूर्वानुमान अनुसार देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेकाले पोखरेलले सबै नागरिकलाई सतर्क रहन, अनावश्यक यात्रा नगर्न र जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा सर्न अनुरोध गरेका हुन् ।

उनले भने, ‘यो विपद्को बेला प्रत्येक जिम्मेवार नागरिक र हाम्रो पार्टी संरचना जनताको सुरक्षामा अग्रपङ्क्तिमा रहनुपर्छ। बाढी, पहिरो र डुबानबाट जोखिममा परेकालाई तत्काल सहयोग र उद्धार गर्न तयार रहौँं।’

महासचिव पोखरेलले विशेषगरी स्थानीय पार्टी कमिटीहरूलाई सक्रिय रहँदै राज्यका सरोकारवाला निकायहरूसँग सहकार्य गर्न निर्देशन दिए ।

महासचिव पोखरेलले सबै जनतालाई सचेत रहँदै परस्पर सहयोग र एकताको भावना मार्फत विपद् व्यवस्थापनमा सहभागिता जनाउन पनि आह्वान गरेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  १ : १५ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर