सबै कार्यालय प्रमुखहरूलाई तत्काल जिम्मेवारीमा फर्किन सरकारको निर्देशन  « Khabarhub

सबै कार्यालय प्रमुखहरूलाई तत्काल जिम्मेवारीमा फर्किन सरकारको निर्देशन 


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारल सबै जिल्ला कार्यालय प्रमुखहरूलाई तत्काल कार्यालयमा हाजिर हुन भनेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभर सम्भावित भारी वर्षाका कारण कार्यालय प्रमुखहरूलाई उच्च सतर्क अवस्थामा रहन भनेको हो ।

जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा हुने अनुमान गरेकाले कार्यालय प्रमुखहरू तत्काल जिम्मेवारीमा फर्कनु पर्ने भनेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयबाट प्राप्त निर्देशनअनुसार मन्त्रालयले आफ्ना मातहतका सबै जिल्लास्थित कार्यालय प्रमुखहरूलाई असोज १८ सम्म अनिवार्य कार्यस्थलमा उपस्थित हुने व्यवस्था मिलाउन भनेको छ ।

मन्त्रालयले सबै जिल्ला समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासनिक अधिकृतहरूलाई पनि सतर्कता अपनाउन, पूर्वतयारी तथा प्रतिकार्यका काममा जुट्न निर्देशन कार्यान्वयन गर्न भनेको छ।

मन्त्रालयका उपसचिव भुवनेश्वर लामिछानेद्वारा जारी सूचनामा भनिएको छ, ‘आगामी दिनहरूमा वर्षाको जोखिम रहेकाले सबै निकायहरू सतर्क रहनुका साथै सम्भावित प्राकृतिक विपद्‌का प्रभाव कम गर्न अग्रिम तयारी र तत्कालीन प्रतिकार्यमा जुट्न आवश्यक छ।’

मन्त्रालयले वर्षाको कारण बाढी, पहिरो र सडक अवरुद्ध हुने सम्भावना रहेकाले जनतालाई पनि सुरक्षित स्थानमा रहन र सरकारी सूचनाको पालना गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  २ : ०७ बजे

न्याय माग्दै पीडितहरू महिला आयोगमा

काठमाडौं– हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय

बाग्मती सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व संकलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो

इजरायल-हेज्बोल्लाहबीच दक्षिणी लेबनानमा लडाईँ तीव्र

काठमाडौं- लेबनानको दक्षिणी सीमा क्षेत्रमा हेज्बोल्लाहविरुद्ध लडिरहेको इजरायलले हवाई आक्रमण

आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको

राखेप र एन्फाबीचको विवादले नेपाली फुटबल क्षेत्रमै असर पार्‍यो : अध्यक्ष तुलाधर

काठमाडौं– संकटा फुटबल क्लबले विदेशी खेलाडीहरूको श्रम स्वीकृति सम्बन्धी विषय