‘सन् २०१४ देखि भूमध्यसागरमा ३२ हजार भन्दा बढी आप्रवासीको मृत्यु’  « Khabarhub

‘सन् २०१४ देखि भूमध्यसागरमा ३२ हजार भन्दा बढी आप्रवासीको मृत्यु’ 


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सन् २०१४ देखि भूमध्य सागरमा ३२ हजार ७०० भन्दा बढी आप्रवासीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले बताएका छन् । 
 
भूमध्यसागर सुरक्षा खोज्नेहरूका लागि मृत्युको जाल बनेको उल्लेख गर्दै, आप्रवासी र शरणार्थीहरूले सामना गर्ने उच्च जोखिमको सम्झना गराउँने संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले नियमित दैनिक ब्रीफिङगमा बताएका छन् ।  

दुजारिकले १२ वर्ष पहिले, इटालीको टापु लम्पेडुसाको तटमा, ३६८ मानिसहरूले सरल जीवनको खोजी गर्दा समुद्रमा आफ्नो ज्यान गुमाएको तथा करिब ५०० अफ्रिकी आप्रवासी बोकेको माछा मार्ने डुङ्गामा आगो लागेको र लम्पेडुसा नजिकै डुबेको बताए । 

 उनले उक्त समयमा, संयुक्त राष्ट्रका एजेन्सीहरूले परिवर्तनका लागि व्यापक आह्वान र यस्तो त्रासदी फेरि कहिल्यै नहोस् भन्ने सुनिश्चित गर्ने प्रतिबद्धता रहेको भए पनि हाल समुद्रमा ज्यान गुमाउनेहरूको सङ्ख्या बढिरहेकोमा शोक व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घका एजेन्सीहरूले त्यसबेला देखि मध्य भूमध्य मार्गमा हरेक हप्ता औसत ४२ जनाको ज्यान गएको जनाएको र ती पाँच जना मध्ये एक जना बालबालिका रहेको जनाएको उनले बताए ।  

संयुक्त राष्ट्रसंघका एजेन्सीहरूले अन्तर्राष्ट्रिय सहयोग बलियो बनाउन द्वन्द्वलाई सम्बोधन गर्न र सुरक्षित र नियमित आप्रवासन प्रणालीलाई बलियो बनाउनका लागि मानव बेचबिखन गर्नेहरूद्वारा आयोजित खतरनाक समुद्री यात्रामा निर्भरता कम गर्न आवश्यक रहेको बताएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ३ : ०२ बजे

आगामी बुधबार काठमाडौँ महोत्सव हुँदै

काठमाडौं– नेपाल उद्योग वाणिज्य सङ्घले यही माघ १४ देखि १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

‍काठमाडौं– निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ

श्रीकृष्ण बेभरेजको पिउने पानीमा भेटियो एमोनिया 

काठमाडौं– काठमाडौं उपत्यकामा वितरण हुँदै आएको जारको पिउने पानीमा  मानव स्वास्थ्यका

सर्वोच्चको कारण देखाउ आदेशसँगै रेशम चौधरीले चुनाव लड्न नपाउने

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले फागुन २१

रास्वपा बारा ३ का क्षेत्रीय उपसभापति अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश

सिमरा- बारा क्षेत्र नं. ३ स्थित राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय