विद्युतीय संरचनामा क्षति हुन नदिन उच्च सतर्कता अपनाइएको छ : प्रधिकरण « Khabarhub

विद्युतीय संरचनामा क्षति हुन नदिन उच्च सतर्कता अपनाइएको छ : प्रधिकरण


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले वर्षापछि हुने बाढीपहिरो तथा डुबानका कारण विद्युतीय संरचनामा क्षति पुग्न नदिन उच्च सतर्कता अपनाइएको जनाएको छ । विद्युतीय संरचनामा क्षति पुग्न नदिन र विद्युत सेवा अवरुद्ध भएमा मर्मतसम्भार गरी तत्कालै सेवा सञ्चालन गर्न कर्मचारीलाई तयारी अवस्थामा राखिएको पनि प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले विपद्का कारण ‘ग्रिड सबस्टेसन’, विद्युत् उत्पादनगृह र वितरण सबस्टेसनलगायत संरचनामा हुनसक्ने सम्भावित क्षतिलाई आकलन गरी पूर्वतयारी गरिएको बताए ।

‘‘विद्युतगृहको बाँधस्थलमा रहेका गेट सञ्चालनका लागि एक सिफ्टमा ३–३ जना कर्मचारी खटिन गरेकोमा हाल ६–६ जना जना रहने व्यवस्था गरिएको छ । डुबान भएमा पानी फाल्न पम्पहरू तयारी अवस्थामा राखिएका छन् । पहिरोको खतरा भएका ठाउँमा पनि सतर्कता अपनाइएको छ”, उनले भने, “विद्युतीय संरचनामा क्षति पुगेमा तुरुन्तै सम्बन्धित वितरण केन्द्र, नो लाइट वा सहायता कक्ष एवम् हटलाइन नम्बर ११५० मा जानकारी दिन सकिने व्यवस्था गरिएको छ ।”

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ११ : ११ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै