आवश्यक जनशक्ति तथा औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयको अनुरोध « Khabarhub

आवश्यक जनशक्ति तथा औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयको अनुरोध


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक जनशक्ति तथा औषधि सामग्री तयारी अवस्थामा राखी आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न सबै अस्पताल एवं स्वास्थ्य संस्थाहरूलाई अनुरोध गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा प्रकाश बुढाथोकीले आवश्यक परेमा सङ्घीय तथा प्रदेशस्तरका स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गरी आवश्यक सहजीकरण र व्यवस्थापन गर्न अनुरोध गरेका छन् । बिरामी स्थानान्तरण तथा रेफरल सेवाहरूलाई सहज र प्रभावकारी बनाउन, एम्बुलेन्स सेवाको समन्वय र सञ्चालनलाई प्रभावकारी बनाउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

निरन्तर वर्षाका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोप उत्पन्न भई दुर्घटना, चोटपटक एवं जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन मन्त्रालयले भनेको छ ।

मन्त्रालयले कुनै जानकारी तथा सहयोगका लागि सङ्घीय स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र, प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका अतिरिक्त मन्त्रालयको निःशुल्क हेल्पलाइन नम्बर १११५ मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ११ : १२ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध