सप्तकोशीमा पानीको प्रवाह उच्च, ब्यारेजका ५६ मध्ये १५ ढोका खोलियो « Khabarhub

सप्तकोशीमा पानीको प्रवाह उच्च, ब्यारेजका ५६ मध्ये १५ ढोका खोलियो


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

राजविराज- आज बिहानैदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह बढेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार सप्तरी र सुनसरीको बीचमा रहेको सप्तकोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड एक लाख नौ हजार ३६० क्युसेक पुगेको छ ।

पानीको बहाव बढ्न थालेपछि कोशी ब्यारेजका ५६ ढोकामध्ये आज रातिसम्म १५ वटा ढोका खोलिएका छन् । आज दिउँसो पानीको बहाव एक लाख दुई हजार ३५ क्युसेक थियो ।

साथै तराई मधेस र पूर्वी पहाडी जिल्लामा भइरहेको अविरल वर्षाका कारण पानीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ । स्थानीय प्रशासनले कोशी ब्यारेज आसपास बस्नेहरूलाई सर्तकता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ११ : २९ बजे

काठमाडौंमा इएफएस फाइट नाइट सेभेन आयोजना हुने

काठमाडौं– डब्लुबीसी मोइ थाई नेपालको आयोजनामा काठमाडौंमा इएफएस फाइट नाइट सेभेन

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौंको आकाश धुम्म (तस्बिरहरू)

काठमाडौं– नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका

वन कार्यालय भोजपुरद्वारा काठ बरामद

भोजपुर– डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

इटहरी– इटहरी उपमहानगरपालिकाको आयोजनामा आइतबारदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता