अनमोलको नायक यात्रा : ट्याग मेघा स्टार, दोस्रो इनिङले अनुभव गरायो १० करोडको ग्रस कलेक्सन « Khabarhub

अनमोलको नायक यात्रा : ट्याग मेघा स्टार, दोस्रो इनिङले अनुभव गरायो १० करोडको ग्रस कलेक्सन


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कन्टेन्टमा दम भएका फिल्मले नै राम्रो व्यापार गर्ने हुन् । अपवादमा यस्ता फिल्म नचल्न पनि सक्छन् । स्टार अनुहार फिल्ममा थुपार्दैमा निर्माता सुरक्षित हुन सक्दैनन् भन्ने उदाहरण नेपाली सिनेमामा धेरै पटक देखिसकेको छ ।

त्यसो भए नायक अनमोल केसीलाई किन निर्माताहरु ५० लाख लगानी गरेर फिल्ममा लिन हानाथाप गर्छन् त ? जवाफ प्रष्ट छ– अनमोललाई लिँदा फिल्मको हाइप बढ्छ । इनिसियल व्यापार राम्रो हुन्छ ।

स्टार कलाकारकाे मुख्य तागत नै यी दुई हुन्– इनिसियल व्यापार र फिल्मको हाइप । यी दुवै फिल्मको प्रचारसँग जोडिन्छन् । स्टार कलाकार भएको फिल्मको विदेशी राइट्स र ओटीटी राइट्स महँगोमा बिक्री हुन्छ । यी दुई निर्माता सुरक्षित हुने प्रमुख विकल्प पनि हुन् ।

तर, नेपाली फिल्मको मुख्य व्यापार घरेलु बजार नै हो । राइट्स बेचेर कमाउँछु भनेर कसले फिल्म बनाएको हुन्छ र ?

स्टार कलाकारले फिल्मको हाइप बढाउँदा इनिसियल व्यापार बढी हुने सम्भावना रहन्छ । इनिसियल व्यापारले नै फिल्मको ग्रस कलेक्सनको ठूलो भूमिकामा खेल्छ ।

अझ यसरी बुझौं –

इनिसियल दर्शकको प्रतिक्रिया नै फिल्मको व्यापारको मुख्य कारक तत्व हुन् । उनीहरुकाे प्रतिक्रियाले बाँकी दिनको व्यापार निर्धारणमा ठूलो भूमिका राखेको हुन्छ । जसलाई फिल्मी भाषामा ‘वर्ड अफ माउथ’ भन्ने गरिन्छ ।

तस्बिर : चिरायु शाक्य

सकारात्मक ‘वर्ड अफ माउथ’ नै फिल्म प्रचारको ठूलो सम्पत्ति हो । यहीसम्मको सहजताका लागि स्टार कलाकारको खोजी हुने गर्छ, महँगो पारिश्रमिक दिएर नै किन नहोस् । त्यसैले त निर्माता स्टार कलाकारलाई ५० लाख दिन तयार हुन्छन् । व्यवासायिक रुपमा फिल्ममा नायक अनमोल केसीको माग हुने कारण यिनै हुन् ।

अनमोलका एकाध फिल्म बाहेक सबैको इनिसियल व्यापार राम्रो छ । फिल्म क्षेत्रको चल्तीको भाषामा भनौँ- इनिसियल हानेको छ । ०७९ सालमा फागुनमा प्रदर्शनमा आएको ‘छड्के २’मा अनमोलले इनिसियल हान्नै सकेनन् । त्यहीकारण उनको स्टारडम सकिएको टिप्पणी भएको हो ।

लभर ब्वाइको छवि बनाएका अनमोललाई दर्शकले ‘छड्के २’मा ग्याङस्टारको चरित्रमा स्वीकार गरेनन् वा उनी फितलो रुपमा प्रस्तुत भए । अनमोलको करिअरलाई ‘छड्के २’ ले भूकम्प ल्यायो ।

मानसिकरुपमा पनि त्यस समय उनी संकटमा पुगेका रहेछन् । उनी आफैँ भन्छन्, ‘त्यो समय मेरो जीवनको कठिन क्षण हो ।’ त्यस फिल्मको असफलताले आफूलाई थुप्रै पटक एकान्तमा रुवाएको अनमोलले सेयर गरेका छन् ।

रुनुको कारणबारे उनले खुलाएका छन्, ‘फिल्म फ्लप हुँदा मलाई अभिनय आउँदैन, स्टारडम सकियो र चयन गर्ने स्क्रिप्ट छैन भनेर टिप्पणी गरिएको थियो ।’ त्यो सयममा आफूलाई फिल्म क्षेत्रबाटै सहयोग र प्रहार दुवै भएको महसुस भएको अनमोल बताउँछन् ।

‘छड्के २’ले अनमोललाई सोच्न बाध्य बनायो । उनले ९ फिल्ममा अभिनय गरेको अनुभवलाई पहिलो इनिङका रुपमा थन्काउने निर्णय लिए ।

कारण– एउटै छ । यो फिल्म डिजास्टर फ्लप भयो । यस फिल्ममा अनमोलको पारिश्रमिक ५० लाख दिएको चर्चा थियो ।

चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्ट हेर्दा ‘छड्के २’को व्यापार व्यापार ३० हाराहारी छ । यस्तो डिजास्टर फ्लप अनमोलको कल्पनाभन्दा निकै बाहिरको कुरा हो ।

यही असफलताले आलोचन र करिअरबारे विभिन्न टिकाटिप्पणी सुरु भएपछि अनमोलले एक स्ट्याटस लेखे, ‘अब म शून्यबाट सुरु गर्नेछु…. मेरो करिअरको दोस्रो सत्रको सुरुवात अबको अर्को फिल्मबाट हुनेछ ।’

कस्तो थियो अनमोलको पहिलो इनिङ ?

अनमोलको पहिलो इनिङ अन्तिम अर्थात् फुल फेज नायकको रुपमा नवौं फिल्म ‘छड्के २’ हो । ‘नेपो किड’ अनमोलको डेब्यू फिल्म ‘होस्टल’ हो । यही फिल्म सफल बन्दा उनले नायकको परिचय र चर्चा पाए ।

दोस्रो फिल्म ‘जेरी’ले उनलाई स्टार बनायो । यी दुई फिल्मले नै उनको फ्यानबेस राम्रो बन्यो । युवा पुस्तामा उनी प्रिय बने । तेस्रो फिल्म ‘ड्रिम्स’ र चौथो फिल्म ‘गाजलु’मा उनी लभर ब्वाइकै भूमिकामा देखिए । यस बेलासम्म अनमोल खासै अलोचनाको शिकार बन्नु परेको थिएन ।

पाँचौ फिल्म ‘कृ’मा ज्यान बनाएर उनले एक्सन जनरामा अभ्यास गरे । यो फिल्ममा उनले २० लाख पारिश्रमिक लिएकाे चर्चा चल्यो । अब उनको चर्चा महँगो नायकका रुपमा हुन थाल्यो । यो ०७४ सालको कुरा हो । त्यसबेलाको यो निकै ठूलो पारिश्रमिक हो ।

तर, एक्सन जनरामा अनमोललाई दर्शकले त्यत्ति स्वीकार गरेको पाइएन । उनको कमजोर अभिनय क्षमताबारे पनि टिप्पणी हुन थाल्यो ।

तर, पनि त्यसपछिका फिल्ममा अनमोलको पारिश्रमिकको ग्राफ उकालो लाग्ने क्रम रोकिएन । अर्का तिर उनी कमजोर अभिनय क्षमता र कमजोर स्क्रिप्ट चयन गरेको भन्दै निरन्तर आलोचित बने ।

छैठौं फिल्म ‘क्याप्टेन’ समीक्षात्मकरुपमा कमजोर बन्यो । अनमोलले यस फिल्मबारे खबरहबसँग भनेका थिए, ‘फिल्ममा भीएफएक्सको पाटो कमजोर भयो । मैले त मेरो तर्फबाट मिहिनेत गरेकै हो ।’

महँगो हिरो भनेर चर्चा पाएका अनमोल अहिले त्यही फिल्मको कमजोर भीएफएक्सका कारण ट्रोलको शिकार बन्ने गरेका छन् । त्यो क्रम अझै रोकिएको छैन । यो फिल्मले ‘अनमोलको अभिनय क्षमता कमजोर छ’ भन्ने भाष्यलाई थप बढवा दियो । फेरि यही फिल्मबाट उनले ‘मेघा स्टार’को ट्याग पाएका हुन् ।

त्यसपछिका फिल्म ‘ए मेरो हजुर ३’ अनमोलको करिअकै सबैभन्दा बढी व्यापार गर्ने फिल्म बन्यो । निर्माता सुनील कुमारले केही समयअघि यो फिल्मको व्यापार ८ करोडमाथि रहेको खबरहबसँग दाबी गरेका थिए ।

यहीबेलादेखि उनको पारिश्रमिक ५० लाख पुगेको चर्चा चल्न थालेको हो ।

आठौं फिल्म ‘ए मेरो हजुर ४’ अनमोलको करिअरमा विशेष स्थान राख्ने बन्न सकेन ।

नवौं फिल्म ‘छड्के २’ ले अनमोलको पहिलो इनिङको अन्त्य गरायो । ‘कमजोर अभिनय क्षमता’का कारण उनले सबैभन्दा बढी आलोचना पाएको यही फिल्मबाट हो । यसैको असफलताले झस्किएका अनमोलल प्रहरी हिरासतमासमेत पुग्नुपर्‍यो ।

‘छड्के २’ पछि नयाँ इनिङ गर्न क्वालिटीका फिल्म खेल्ने भन्दै अनमोलले फिल्म ‘रावायण’को सम्झौता भंग गरेका थिए ।

उनले एडभान्स लिएर फिल्म खेल्न आनकानी गरेपछि निर्देशक सुदर्शन थापाको ‘सुदर्शनप्रोडक्सन’ले प्रहरीमा उजुरी दिएको हो । उनी त्यसबेला तीन दिन प्रहरी हिरासतमा बसेका थिए ।

समग्रमा पहिलो इनिङमा अनमोलले स्टारडमको तागतमा फिल्मलाई राम्रै इनिसियल हनाए । ‘छड्के २’ बाहेकका फिल्ममा उनले निर्मातालाई घाटामै जानबाट जसो-तसो जोगाए ।

पहिलो इनिङका सुरुवाती तीन ‘होस्टल’, ‘जेरी’ र ‘ड्रिम्स’बाहेक उनले राम्रो स्क्रिप्ट चयन गर्न नसकेको टिप्पणी पनि सहनुपर्‍यो । इनिङको अन्त्य तिर ‘अभिनय आउँदैन’ भन्ने ‘मास कमेन्ट’ सुन्नपर्‍यो । अनमोललको पहिलो इनिङमा आलोचनाले नै घेरिएर बित्यो ।

दोस्रो इनिङको सुखद सुरुवात

अनमोलको दोस्रो इनिङको पहिलो फिल्म ‘फर्कीफर्की’ हो । यो उनको करिअरको १० औं फिल्मसमेत हो । दोस्रो इनिङमा पनि उनको पारिश्रमिक चर्चामै बन्यो । यो फिल्ममा उनले ५० लाख पारिश्रमिक निर्माता रोहित अधिकारीको प्रमाण पेस गरेका थिए ।

अर्थात्, दोस्रो इनिङमा पनि उनी आफूलाई महँगो नायकका रुपमा चर्चामा ल्याउन सफल भए । इनिसियल व्यापारमा आफ्नो स्टारडम देखाउन पनि सफल भए ।

यो फिल्मले व्यापार साढे ४ करोड हाराहारी छ । ०८१ साल जेठमा प्रदर्शनमा आएको यस फिल्मले ‘पुजार सार्की’सँग बक्स अफिस भिडन्त गरेको थियो । अर्थात्, अनमोलका प्रतिद्वन्द्वी मानिएका अर्का नायक प्रदीप खड्कासँग बक्स अफिस भिडन्त भएको थियो ।

यो फिल्मले उनले पाएको प्रमुख कुरा– सकारात्मक प्रतिक्रिया नै हो । यो फिल्म हेर्ने र समीक्षकहरुको टिप्पणी थियो, ‘अनमोलको अभिनयमा सुधार ।’ तर, राम्रो स्क्रिप्ट चयनमा उनी यो पटक पनि चुकेका थिए ।

दोस्रो इनिङको दोस्रो फिल्म ‘जेरी अन टप’बाट अनमोलले करिअरकै ठूलो सफलता हात पारेका छन् । राहतको स्वास लिन पाएका छन् ।

पहिलो– उनले आफ्नो अभिनय सुधार गरेका छन् । यो ‘जेरी अन टप’ हेर्नेले गरेको टिप्पणी हो ।

दोस्रो– पहिलो पटक उनले १० करोड ग्रस कलेक्सनको अनुभव लिन पाएका छन् ।

‘जेरी अन टप’ अहिले पनि प्रदर्शनरत छ । अहिले अनमोल बधाईको पात्र बनेका छन् ।

तर, अनमोल यो पटक उत्कृष्ट निर्देशक र स्क्रिप्ट नपाएको चर्चा भने यथावत छ ।

अनमोलको पहिलो इनिङको दोस्रो फिल्म ‘जेरी’ हो । दोस्रो इनिङको दाेस्रो फिल्म ‘जेरी’कै सिक्वेल ‘जेरी अन टप’ बनेको छ ।

अहिले अनमोलको स्टारडम फर्किएको पनि चर्चा छ । यो फिल्मको सफलतसँगै अनमोलले भन्न लागेका छन्, ‘मलाई अभिनय आउँदैन भन्नेलाई जवाफ दिएँ ।’

‘मेघा स्टारको ट्याग पाएर पनि १० करोड ग्रस कलेक्सन गर्न नसक्ने नायक’ भन्ने टिप्पणीबाट अनमोल बचेका छन् । दोस्रो इनिङमा अनमोलले अभिनय सुधार पनि गरेका छन् । सँगै १० करोड क्लबको अनुभव पनि गर्न पाए ।

पहिलो इनिङमा अनमोलबाट जे खोजिएको थियो, दोस्रोमा अनमोलले त्यही दिएका छन् । पहिलो इनिङको प्रमुख टिप्पणीमा उनले ध्यान दिएको पाइन्छ ।

अब अनमोलको यात्रा कसरी अगाडि बढ्ला ? फिल्म क्षेत्रले चासोले हेरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १० : ४७ बजे

पर्यटकीय आकर्षण बन्दै थारु सांस्कृतिक संग्रहालय (तस्बिरहरू) 

दाङ– थारु समुदायको इतिहास, संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने

गौँथलीको दुई पोस्टर सार्वजनिक

काठमाडौं – डा. कपिल रिलाज निर्देशित फिल्म ‘गौँथली’को दुई पोस्टर

बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य

मकवानपुर– बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मध्यरातदेखि प्रदेशसभाको चालु

कोरला सडकमा पाँच वटा पुल निर्माणका लागि स्रोत सहमति

मुस्ताङ– उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)सडक आयोजनाअन्तर्गत पाँच वटा पुल

जेन-जी प्रतिनिधिले गरे संविधान संशोधन छलफल बहिष्कार : सरकारलाई ६ बुँदे चेतावनी

काठमाडौं– जेन–जी जनआन्दोलनका प्रतिनिधिहरूले सरकारले आयोजना गरेको संविधान संशोधनसम्बन्धी छलफलमा