सकारात्मक ‘वर्ड अफ माउथ’का कारण हलले बढाए ‘परान’को शो « Khabarhub

सकारात्मक ‘वर्ड अफ माउथ’का कारण हलले बढाए ‘परान’को शो


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ पाएका कारण हलहरुले फिल्म ‘परान’को शो संख्या बढाएका छन् ।पाँचौँ दिनमा प्रदर्शन यस फिल्मले सोमबार देशभर ९४ भन्दा बढी शो पाएको छ । यो प्रदर्शनको पहिलाभन्दा बढी हो ।

निर्माता रञ्जित आचार्यका अनुसार यो फिल्मले प्रदर्शनको पहिलो दिन कात्तिक १४ गते शुक्रबार ६४ वटा शो पाएको थियो । जबकि हलहरुले शनिबार र आइतबार यो फिल्मको शो संख्या घटाएका थिए । अर्थात्, ‘परान’ले पुनरागमन गरेको छ ।

सुरुवाती दिनमा फिल्मले सकारात्क ‘वर्ड अफ माउथ’ पाउँदा पनि व्यापार भने कमजोर थियो । राम्रो प्रतिक्रिया पाउँदा पनि फिल्मले कम दर्शक पाउनुको कारण झरी रहेको आँकलन गरिएको थियो ।

यो फिल्म प्रदर्शनमा आएको अघिल्लो दिन बिहीबारदेखि काठमाडौं लगायत देशका विभिन्न क्षेत्रमा झरी परेको थियो । आइतबार वर्षा हटेसँगै सोमबारबाट हलमा दर्शकको उपस्थिति पनि बढेको छ । सोहीकारण हलहरुले यसको शो बढाएका हुन् ।

यो पनि : परान’ पनि आँसुको व्यापारतिरै : पछ्याइ पछ्याइ दर्शक रोएको भिडियो खिचेर फेसबुकमा ‘बुस्ट’

सोमबारका लागि यो फिल्मको प्रि–बुकिङ पनि राम्रो देखिएको छ । मोफसलमा यसको प्रि–बुकिङ राम्रो देखिन्छ । पूर्वमा विराटनगरस्थित सिटी सिनेमाको साँझ ६ बजेको शो र इटहरीस्थित इलाइट सिनेमाको साँझ साढे ७ बजेको शोको प्रि–बुकिङ हाउसफुल छ ।

त्यस्तै, पश्चिममा नेपालगञ्जस्थित सिनेरोयलमा बिहान ११ः४५ र साँझ ६ बजेको शो हाउसफुल बुकिङ भएको छ । पहिलोभन्दा पाँचौ दिनमा शो संख्या बढ्नुलाई फिल्मको कन्टेन्टले दर्शकको मन जितेको रुपमा बुझ्न सकिन्छ ।

यस फिल्ममा वरिष्ठ कलाकार नीर शाह शीर्ष भूमिकामा छन् । नायहरु प्रवीण खतिवडा, महेश त्रिपाठी, नायिकाहरु केकी अधिकारी र अञ्जना बराइली मुख्य भूमिकामा छन् । उद्योगी तथा व्यापारी शेखर खोल्छा र रञ्जिता आचार्य यसको निर्माता हुन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ८ : ५७ बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको