के तपाईं घरमा हावा शुद्ध पार्ने बिरुवा रोप्न चाहनु हुन्छ ?  « Khabarhub

के तपाईं घरमा हावा शुद्ध पार्ने बिरुवा रोप्न चाहनु हुन्छ ? 


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफ्नो घरको बगैँचालाई राम्रो र सुन्दर बनाउनका लागि थरिथरिका बोटबिरुवा लगाउने चलन छ ।

विशेष गरी शहरी क्षेत्रमा गमला तथा घर वरिपरिको खाली ठाउँमा विभिन्न किसिमका फूल तथा बोट बिरुवाले सजाउने गरिएको पाइन्छ ।

वास्तु शास्त्रका हिसाबले केही बोटबिरुवालाई घर वरिपरि लगाउँदा शुभ मानिएको छ भने केहीलाई अशुभ मानिएको छ ।

अन्तर्राष्ट्रिय मिडिया नवभारत टाइम्सका अनुसार क्रोटन प्लान्ट घरमा रोप्दा यसले घरको सुन्दरता बढाउनका साथै यो एक उत्कृष्ट वायु शुद्धीकरण पनि हो।

क्रोटन एक इनडोर बिरुवा हो ।

क्रोटन बिरुवा यसको रंगीन, सुन्दर पातहरूको लागि परिचित छ । यसको पातहरूले हावाबाट विषाक्त पदार्थहरू सोस्न मद्दत गर्दछ।

त्यसैले घर भित्रको हावा शुद्ध पार्नको लागि एक महत्त्वपूर्ण बिरुवा बनाउँछ। 

धेरै मानिसहरूले यसलाई आफ्नो छाना, बाल्कोनी, शयनकक्ष र कार्यालयहरूमा रोप्न रोज्छन् । क्रोटनको हेरचाह गर्न केही कुराहरू आवश्यक पर्दछ।

कस्तो ठाउँमा रोप्ने ? 

यस बिरुवाले उज्यालो, अप्रत्यक्ष प्रकाश मन पराउँछ । त्यसैले प्रकाश पर्ने ठाउँमा रोप्दा राम्रो हुन्छ । 

यसको माटो थोरै ओसिलो राख्नुपर्छ, तर धेरै पानी हाल्नु हुँदैन ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १ : ०६ बजे

प्रहरीमाथि चक्कु प्रहार गर्ने जेनजी प्रदर्शनमा भागेका फरार कैदी

भक्तपुर – प्रहरीलाई चक्कु प्रहार गर्ने गिरोहका चार जना पक्राउ

प्रधानमन्त्री कार्कीले हेरिन ‘दिमाग घोच्ने मान्छे’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की स्वर्गीय उज्ज्वल थापाको जीवनीमा आधारित

११५ दिनमा कुलमानले गरे १०७ काम (सूचीसहित)

काठमाडौं – कुलमान घिसिङले ११५ दिन तीन महत्त्वपूर्ण मन्त्रालय सम्हाल्दा

निर्वाचन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौं – निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर