के तपाईं घरमा हावा शुद्ध पार्ने बिरुवा रोप्न चाहनु हुन्छ ?  « Khabarhub

के तपाईं घरमा हावा शुद्ध पार्ने बिरुवा रोप्न चाहनु हुन्छ ? 


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफ्नो घरको बगैँचालाई राम्रो र सुन्दर बनाउनका लागि थरिथरिका बोटबिरुवा लगाउने चलन छ ।

विशेष गरी शहरी क्षेत्रमा गमला तथा घर वरिपरिको खाली ठाउँमा विभिन्न किसिमका फूल तथा बोट बिरुवाले सजाउने गरिएको पाइन्छ ।

वास्तु शास्त्रका हिसाबले केही बोटबिरुवालाई घर वरिपरि लगाउँदा शुभ मानिएको छ भने केहीलाई अशुभ मानिएको छ ।

अन्तर्राष्ट्रिय मिडिया नवभारत टाइम्सका अनुसार क्रोटन प्लान्ट घरमा रोप्दा यसले घरको सुन्दरता बढाउनका साथै यो एक उत्कृष्ट वायु शुद्धीकरण पनि हो।

क्रोटन एक इनडोर बिरुवा हो ।

क्रोटन बिरुवा यसको रंगीन, सुन्दर पातहरूको लागि परिचित छ । यसको पातहरूले हावाबाट विषाक्त पदार्थहरू सोस्न मद्दत गर्दछ।

त्यसैले घर भित्रको हावा शुद्ध पार्नको लागि एक महत्त्वपूर्ण बिरुवा बनाउँछ। 

धेरै मानिसहरूले यसलाई आफ्नो छाना, बाल्कोनी, शयनकक्ष र कार्यालयहरूमा रोप्न रोज्छन् । क्रोटनको हेरचाह गर्न केही कुराहरू आवश्यक पर्दछ।

कस्तो ठाउँमा रोप्ने ? 

यस बिरुवाले उज्यालो, अप्रत्यक्ष प्रकाश मन पराउँछ । त्यसैले प्रकाश पर्ने ठाउँमा रोप्दा राम्रो हुन्छ । 

यसको माटो थोरै ओसिलो राख्नुपर्छ, तर धेरै पानी हाल्नु हुँदैन ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १ : ०६ बजे

मौन अवधिमा केके गर्न पाइँदैन ?

काठमाडौं – बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु

आयल निगमले भन्यो- इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण नगर्नु

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले

तराईका जिल्लामा आज होली

काठमाडौं – रङहरूको पर्व होली आज तराईका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदैछ

निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय