निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी « Khabarhub

निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएका छन् । आज काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको दोश्रो प्रतिलिपि लिएपछि उनले सरकार र सम्बन्धित निकायलाई चुनावको वातावरण बनाउनेतर्फ लाग्न सुझाव दिए ।

उनले भने, ‘आगामी निर्वाचनलाई हिंसामुक्त र व्यवस्थित बनाउन सरकार लाग्नुपर्छ । प्रहरीका हराएका हतियार खोजतलास गरी सुरक्षाकर्मीले नियन्त्रणमा लिनुपर्छ ।’

जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते उनको निवासमा आगजनी हुँदा नागरिकतासहितका कागजात जलेपछि पूर्वराष्ट्रपति भण्डारीले नागरिकताको प्रतिलिपि लिएका हुन् ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले उनलाई नागरिकताको प्रमाणपत्रको प्रतिलिपि प्रदान गरेका हुन् । जेन-जी आन्दोलनमा जिल्ला प्रशासन कार्यालयमा पनि क्षति भएको थियो । उक्त कार्यालयले पुनर्निर्माणसँगै नियमित सेवा प्रवाह गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ३ : ३४ बजे

नवलपुरका कृषकलाई करिब पाँच करोड अनुदान वितरण गरिँदै

नवलपुर– कृषि विकास कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले करिब पाँच करोड रुपैयाँ

चीनको ग्वाङ्दोङमा कपडा कारखानामा आगलागी, ८ जनाको मृत्यु

ग्वाङ्झाउ– दक्षिणी चीनको ग्वाङ्दोङ प्रान्तस्थित फोशान सहरमा रहेको एक कपडा

एसियाड : पुरुष कबड्डीमा नेपाल पराजित

काठमाडाैँ– जापानमा जारी बीसौँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत पुरुष कबड्डी

धवलागिरिको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको

सिमसारकी अप्सरा : जलअप्सरा (तस्बिरहरू)

सुनसरी– हेर्दा आकर्षक, लामो पुच्छर । पानीमा तैरिएका पातहरूमा हिँड्ने