राप्रपा नेपालले राख्यो राजेन्द्र लिङ्देनसँग एकताको औपचारिक प्रस्ताव | Khabarhub Khabarhub

राप्रपा नेपालले राख्यो राजेन्द्र लिङ्देनसँग एकताको औपचारिक प्रस्ताव


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समान विचार भएका राजनीति दल र शक्तिसँग सहकार्य र एकताका लागि राप्रपा नेपालले पहल थालेको छ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा गठित वार्ता समितिले मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग एकताको औपचारिक प्रस्ताव गरेको छ।

लिङ्देन निवास ललितपुरको लामाटारमा बिहान भएको भेटघाट र छलफल सकारात्मक रुपमा अघि बढेको वार्ता समितीका सदस्य एवम् राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए ।

मुलुकको पछिल्लो राजनितीक घटनाक्रम र ध्रुवीकरणबारे गम्भीर छलफलसहित समान विचार भएकाहरूबीचको सहकार्य र एकताको आवश्यकताबारे त्यसक्रममा गहिरो चर्चा भएको उनले बताए ।

‘राप्रपा अध्यक्ष लिङ्देनले एकता प्रस्तावलाई सकारात्मक रुपमा लिनुभएको छ’, लिङ्देनको भनाई उधृत गर्दै बर्तौलाले भने, ‘पार्टीभित्र छलफल गरि चाँडै छलफलमा बस्ने जवाफ दिनु भएको छ ।’

लिङ्देनसँगको छलफलमा राप्रपा नेपालको तर्फबाट वार्ता समिति संयोजक राजीव पराजुली, सदस्यद्वय तेज कुरुङवाङ र राजाराम बर्तौला सहभागी थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ३ : ४० बजे

हेटौँडालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहरको रूपमा विकास गरिने

बागमती– बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरको हेटौँडा उपमहानगरपालिकालाई महिलामैत्री र

दलहरूलाई पूर्वराष्ट्रपति यादवको सन्देश : अब चुनावभन्दा दायाँ–बायाँ सोच्ने समय छैन

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका

गुल्मीमा विद्युत् महसुलमा दिँदै आएको अनुदान रकम कटौती

गुल्मी– गुल्मीको मदाने गाउँपालिकाले स्थानीय नागरिक र सामुदायिक खानेपानी योजनाका

बहुविवाहको मुद्दामा समातिए एमाले केन्द्रीय सदस्य शेर्पा

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्