मुख्यमन्त्री बानियाँले भने- खेलाडीलाई व्यावसायिक बनाउन लागेका छौँ  « Khabarhub

मुख्यमन्त्री बानियाँले भने- खेलाडीलाई व्यावसायिक बनाउन लागेका छौँ 


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले खेलक्षेत्रको विकासका लागि खेलाडीलाई व्यावसायिक बनाउन आवश्यक रहेको बताएका छन् । 

जिल्ला खेलकुद विकास समितिले मंगलबारदेखि नारायणी नदी किनारमा आयोजना गरेको बृहत् खेलकुद तथा व्यापारिक महोत्सवको उद्घाटन गर्दै उनले खेलाडीहरूलाई व्यावसायिक बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
 
महोत्सवलाई टेलिफोनबाट सम्बोधन गर्दै उनले खेल क्षेत्रको विकास गर्न सके राज्यको विकास गर्न सहयोग पुग्ने बताए । खेललाई पर्यटनसँग जोडेर अघि बढाउन सकेमा मात्र देशको अर्थतन्त्र चलायमान बन्ने उनको भनाइ थियो । खेलाडी उत्पादन गरेर अन्तरराष्ट्रियस्तरका प्रतियोगितामा सहभागी गराउन र विजयी बनाउन यस्ता महोत्सवहरू आवश्यक रहेको उनको धारणा थियो ।
 
कार्यक्रममा बागमती प्रदेशका प्रदेशसभा सदस्यहरू उत्तम जोशी, माया श्रेष्ठ, गीता गुरुङ, बागमती प्रदेशको खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामा, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीलगायतले खेल क्षेत्रको विकासमा सबै तहका सरकार लाग्नुपर्नेमा जोड दिए । 

तीनै तहका सरकार लागेमा मात्र खेल क्षेत्रको विकास र खेलाडीहरूको मनोबल उच्च हुने उनीहरूको भनाइ थियो ।
 
आजदेखि सुरु भएको महोत्सव मङ्सिर २ गतेसम्म सञ्चालन हुने छ । महोत्सव अवधिभर विभिन्न खेल विधाका ८०० खेलाडीले आफ्नो कला देखाउनेछन् । यसै क्रममा बिच भलिबल, कराँते, तेक्वान्दो, कवड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, बुद्धिचाललगायतका प्रतियोगिताहरू हुने आयोजकले जनाएको छ । रासस

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ४ : १३ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका