बागलुङ-घोडाबाँधे सडक कालोपत्र नहुँदा यात्रुलाई सास्ती « Khabarhub

बागलुङ-घोडाबाँधे सडक कालोपत्र नहुँदा यात्रुलाई सास्ती


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे खण्ड ट्रयाक खुलेको २५ वर्ष बित्दा पनि कालोपत्र नहुँदा स्थानीय र यात्रुले सास्ती खेप्दै आएका छन् । सडक हिउँदमा धुलो र बर्सातमा हिलो हुने गरेको छ ।

निर्माण कम्पनीले तत्काल काम नथालेमा स्थानीयले आगामी मङ्सिर १ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिए छन् । यसअघि आन्दोलन गरेका बिहुँवासीले सडक बन्ने आश्वासन पाएपछि पछि हटेका थिए । काठेखोला गाउँपालिका–५ र ६ का स्थानीयले प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई भेटेर निर्माण कम्पनीले तत्काल काम नगरेमा सडक ठप्प पार्ने चेतावनी दिएका छन् ।

स्थानीय कृष्ण कँडेलले भने, ‘यो सडकले हामीलाई धेरै समस्या गरायो, सडक बन्ला बन्ला भन्ने आशामा यतिका वर्ष धैर्य भयौँ, धैर्य गर्दागर्दा आजित भइसक्यौँ, अब सडक निर्माणको काम थालिएन भने मङ्सिर १ गतेदेखि सडक अवरुद्ध गर्छौँ ।’

विसं २०६८ देखि थालिएको लोकमार्ग आयोजनाको काम पटकपटक अलपत्र पर्दा यात्रीले सास्ती खेप्नुपरेको छ । सडकका कारण काठेखोला गाउँपालिका–१, २, ५ र ६ का घर, खेती र फलफूल समेत धुलोले पुरिने गरेको छ । किसानले डाले घाँससमेत पशुचौपायालाई खुवाउन नपाएको गुनासो गरे ।

ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ ठेक्का खुलाएको डेढ वर्ष पुग्न लाग्दा अझै काम अगाडि नबढेको काठेखोला गाउँपालिका–६ का अध्यक्ष बृहस्पति कँडेलले बताए। मध्यपहाडी लोकमार्ग बागलुङभित्र १४२ किलोमिटर छ । त्यसमध्ये अन्य खण्ड कालोपत्र भइसकेको छ । 

सो खण्डको काम सूर्य कन्स्ट्रक्सन कम्पनीले ठेक्का लिएको थियो । विसं २०७२ माघ १० को ठेक्काको काम नौ वर्षमा ५५ प्रतिशत प्रगति नगरेपछि कालोसूचीमा परेर रद्द भई गत वर्ष रिजाल तामाङ भगवती जेभीले ठेक्का लिएको थियो । 

विसं २०८१ असारमा सम्झौता गरी विसं २०८३ असारमा सक्ने सम्झौता गरेको एक वर्ष बितिसक्दा काम नथालेपछि स्थानीय आक्रोशित भएका हुन् । 

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ४ : ३९ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन