जातीय विभेद अन्त्यको ‘रोडम्याप’ का विषयमा थाइल्यान्डमा छलफल « Khabarhub

जातीय विभेद अन्त्यको ‘रोडम्याप’ का विषयमा थाइल्यान्डमा छलफल


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थाइल्याण्डको राजधानी बैंककमा जारी एशिया प्यासिफिक सोसल फोरममा एशिया प्यासिफिक क्षेत्रमा विद्यमान जातीय विभेद अन्त्यको रोडम्यापसम्बन्धी छलफल भएको छ । दलित गैरसरकारी संस्था महसङ्घ (डिएनएफ), वल्र्ड डिग्निटि फोरम र नेपाल र भारतका सङ्घ संस्थाको संयुक्त आयोजनामा सो छलफल भएको हो ।

छलफलमा संयुक्त राज्य अमेरिकाका लागि पूर्व नेपाली राजदूत तथा वल्र्ड सोसल फोरमका अन्तर्राष्ट्रिय सदस्य डा. अर्जुन कार्कीले जातीय विभेद असमानताको मुख्य कारण भएको बनाउँदै सूचना प्रविधिको क्रान्तिको समयमा पनि यस्ता विभेद हुनु दुखद भएको बताए। 

वल्र्र्ड डिग्निटि फोरमका संस्थापक तथा भारतीय दलित नेता अशोक भारतीले जातीय विभेदको मुद्दा विश्वव्यापी भएको बताउँदै यसको अन्त्यका लागि विश्वव्यापी रूपमा सङ्घर्ष गर्नुपर्ने बताए। 

गैरसरकारी संस्था महासङ्घका अध्यक्ष अर्जुन भट्टराईले जातीय विभेद राजनीतिक मुद्दा भएको बताउँदै यसको अन्त्यका लागि संवैधानिक र कानुनी प्रावधान कार्यान्वयन गरिनुपर्ने बताए। 

यसैगरी अन्तर्राष्ट्रिय दलित ऐक्यबद्धता सञ्जाल (आइडिएसएन) अध्यक्ष रेणु सिजापतिले जातीय विभेदले दलित महिलालाई झन ठूलो असर परेको बताउँदै यसको अन्त्यका लागि कानुनी सुधार गर्दै शिक्षामा लगानी गर्नुपर्ने बताए।

दलित लाइभ म्याटरका अध्यक्ष प्रदीप परियारले जातीय विभेद अन्त्य गर्ने दायित्व सबैको भएको बताउँदै संविधानको कार्यान्वयन, धार्मिक सुधार, आर्थिक न्याय र डिजिटल क्याम्पेनमा काम गर्नुपर्ने बताएको सम्मेलनमा सहभागी सुशील विकेले जानकारी दिए ।
 

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ५ : ३१ बजे

ती दिन सम्झन चाहँदैनन् तिलागुफावासी

गाल्जे– तिलागुफा नगरपालिका–४ का स्थानीयवासी अहिले त्यो दिन अर्थात् विसं २०७९

विधान संशोधनको तयारीमा ओली : वरिष्ठ उपाध्यक्ष पद फर्काउने, पदाधिकारी संख्या बढाउने

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आशन्न एघारौँ महाधिवेशनको

ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी

काठमाडौं– काठमाडौँको ठमेलस्थित एक निर्माणाधीन रेष्टुरेन्टमा आगलागी भएको छ ।

बालिकाको हत्यामा संलग्न पक्राउ, प्रहरीले भन्यो-ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान हुँदैछ

काठमाडौं– नेपाल प्रहरीले १२ वर्षीया बालिकाको हत्यामा संलग्न एक जनालाई

अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढ्यो

म्याग्दी- धवलागिरि गाउँपालिकामा निर्माणाधीन अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेको