कोशी प्रदेश सभाको बैठक कृषि थोक बजार केन्द्रबाट सञ्चालन हुने « Khabarhub

कोशी प्रदेश सभाको बैठक कृषि थोक बजार केन्द्रबाट सञ्चालन हुने


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेश सभाको बैठक मोरङको कटहरी गाउँपालिका–१ स्थित फलफूल तथा तरकारी थोक बजार केन्द्रबाट सञ्चालन हुने भएको छ ।  

जेन-जी आन्दोलनका क्रममा आगजनीबाट कोशी प्रदेश सभा भवन ध्वस्त भएपछि  फलफूल तथा तरकारी थोक बजार केन्द्रको भवनबाट प्रदेश सभा बैठक सञ्चालन गर्ने तयारी गरिएको हो । 

बैठकका लागि स्थान अभाव भइरहेकै बेला कटहरी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेको फलफूल तथा तरकारी थोक बजारको एक भवन र एउटा हल प्रदेश सरकारलाई हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष देवराज चौधरीले जानकारी दिए । 

अध्यक्ष चौधरीले भवन र हल हस्तान्तरणसँगै सरसफाइ तथा कार्यालय निर्माणको काम सुरु भइसकेको बताए ।

उनले केन्द्रमा रहेका सामानहरूको सुरक्षा भने हुनुपर्ने बताए । तत्कालका लागि सभामुख, उपसभामुख र सचिवालयको कार्यालय स्थापना गरिने कोशी प्रदेश सभा सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार हाल निर्माण कार्य तीव्र रूपमा भइरहेको र हल निर्माण सम्पन्न भएपछि प्रदेश सभा बैठकसहितका सम्पूर्ण गतिविधि नियमित रूपमा सञ्चालन गरिने तयारी भइरहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ५ : ३३ बजे

नेपालमा रहेका खाद्यान्नमा देखियो मुटुलाई हानी गर्ने ‘ट्रान्स फ्याक्ट’ 

काठमाडौं– हामीले खाने खाद्यपदार्थहरूमा बढी ‘ट्रान्स फ्याक्ट’ हुँदा शरीरको मुख्य

प्रधानमन्त्री बनाउनु पर्ने सर्तमा रविलाई नेता मान्‍न बालेन तयार

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

ओडिसामा गोली हानाहान, शीर्ष कमाण्डरसहित छ जना नक्सालवादी विद्रोहीको मृत्यु

नयाँदिल्ली– पूर्वी भारतीय राज्य ओडिसामा भएको प्रहरीसँगको गोली हानाहानमा मारिएका

ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारप्रति संवेदनशील हुँदै

जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते

अर्घाखाँची– भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना