पक्राउ परे सिंहदरबार र संसद् भवन आगजनीमा संलग्न एक युवक « Khabarhub

पक्राउ परे सिंहदरबार र संसद् भवन आगजनीमा संलग्न एक युवक


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा र आसपासका क्षेत्रमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न एकजना युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले धनुषाको बटेश्वर गाउँपालिका–५ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–३ बस्ने १८ वर्षीय शिवम चौधरी यादवलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार यादवले गत भदौ २४ गते प्रदर्शनको क्रममा सिंहदरबार, संसद् भवन र प्रहरी वृत्त बानेश्वरको भवन तथा सवारी साधन तोडफोड र आगजनी गरेका थिए।

उनले प्रहरीको युनिफर्म र ट्राफिक पुलिसको ‘ह्वील लक’ समेत लुटेर दुरुपयोग गरेको खुलेको छ । भिडियो प्रमाणअनुसार उनले सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहार गरेको र भिडलाई आक्रमणका लागि उत्तेजित गर्ने अभिव्यक्ति दिएको पनि खुलेको छ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि जारी रहेको जनाएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले अपराधमा संलग्न सबैलाई कानूनी दायरामा ल्याइने बताएका छन् ।

गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा सिंहदरबारदेखि नयाँ बानेश्वर क्षेत्रसम्मका सरकारी संरचनामा आगजनी र तोडफोड भएका थिए।

त्यस घटनामा संलग्नको पहिचानका लागि प्रहरीले भिडियो फुटेज, सोसल मिडिया सामग्री र प्रत्यक्षदर्शीका बयानका आधारमा अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ६ : २४ बजे

मुकुन्डो नाच पुस्तक विमोचन

काठमाडौं– काठमाडौं, ललितपुर र भक्तपुरमा मनाइने नेवार समुदायको परम्परागत मुकुन्डो

मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु

भक्तपुर– चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित मत्स्यनारायण मन्दिर परिसरमा तीनसय वर्ष

सुदूरपश्चिमको सम्भावनाबारे धनगढीमा बहस : लगानी भित्र्याउन जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सम्भावनाले भरिपूर्ण रहेकाले सरकारले लगानीको वातावरण बनाउनुपर्नेमा

यातायात व्यवसायी भन्छन्- कतिपय दुर्घटना चालकको लापरबाहीले मात्र होइन, सडकको कारण पनि हुन्छ  

काठमाडौं– विश्व सडक सुरक्षा सप्ताह–२०२६ को अवसर पारेर काठमाडौं उपत्यका

सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छ : सचिव सिग्देल

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयका सचिव एवं राष्ट्रिय सडक सुरक्षा परिषद्का