बहुविवाहको मुद्दामा समातिए एमाले केन्द्रीय सदस्य शेर्पा « Khabarhub

बहुविवाहको मुद्दामा समातिए एमाले केन्द्रीय सदस्य शेर्पा


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन् । बहुविवाहको मुद्दामा अदालतबाट कैद सजायको फैसला सुनाइएका उनलाई प्रहरीले मंगलबार साँझ धुम्बाराहीबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले पासाङलाई पक्राउ गरको पुष्टि गरे ।

एमालेको जन वर्गीयसंगठन जनजाति महासंघका अध्यक्ष पासाङलाई बहुविवाह मुद्दामा उच्च अदालत पाटनले गत वर्ष दोषी ठहर गरेको थियो । 

पासाङकी पत्नी करिश्मा खरेलले जिल्ला अदालत काठमाडौंमा बहुविवाहको मुद्दा दिएकी थिइन् ।

उक्त अदालतले दोषी ठहर गर्दै उनलाई एक वर्ष कैद र पाँच हजार जरिवानाको सजाय सुनाएको थियो।

त्यसविरुद्ध पासाङ उच्च अदालत गएका थिए । उच्चले पनि जिल्लाको आदेश सदर गरेको थियो । तर उनी राजनीतिक संरक्षण पाएर बाहिरै थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ७ : २५ बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार