हेटौँडालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहरको रूपमा विकास गरिने « Khabarhub

हेटौँडालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहरको रूपमा विकास गरिने


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरको हेटौँडा उपमहानगरपालिकालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहरको रूपमा विकास गरिने भएको छ । 
    
आज यहाँ हेटौँडा उपमहानगरपालिका र संयुक्त राष्ट्रसङ्घीय परियोजना सेवा कार्यालय ‘यसएनओपिएस’ बीच हेटौँडालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहरका रूपमा विकास गर्ने सम्झौता भएको हो । 

‘सिटीज फर वुमन नेपालः समावेशी र जलवायु प्रतिरोधी सहरीकरण’परियोजनाअन्तर्गत भएको सम्झौताअनुसार ‘यसएनओपिएस’ले हेटौँडा उपमहानगरपालिकालाई एक लाख ८४ हजार अमेरिकी डलर बराबरको आर्थिक सहायता उपलब्ध गराउने समझदारी भएको उपमहानगर प्रमुख मीनाकुमारी लामाले जानकारी दिए । 

सम्झौताले समावेशी र जलवायु प्रतिरोधी सहर विकासमा टेवा पुग्ने गरी स्थानीय सरकारका योजना निर्माणमा समेत सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे। 

परियोजना कार्यान्वयनका लागि उपमहानगरपालिकाले पनि  परियोजनाअन्तर्गतको रकमको ३० देखि ५० प्रतिशत लागत साझेदारी गर्ने सम्झौतामा उल्लेख छ । तीव्र सहरीकरण र बढ्दो जलवायु जोखिमका कारण सिर्जना भएका चुनौतीको सामना गर्नु ‘सिटीज फर वुमन’ परियोजनाको मुख्य उद्देश्य रहेको त्यस अवसरमा जानकारी दिइयो ।   

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ७ : ५९ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको