प्रहरी वृत्त बानेश्वरमा तोडफोड तथा आगजनी गर्ने पक्राउ « Khabarhub

प्रहरी वृत्त बानेश्वरमा तोडफोड तथा आगजनी गर्ने पक्राउ


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा प्रहरी वृत्त नयाँबानेश्वरको भनव तोडफोड तथा आगजनी गर्ने एकजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले भदौ २४ गते प्रदर्शनको क्रममा सिंहदरबार, संसद् भवन, प्रहरी वृत्त बानेश्वरको भवन र सवारी साधनमा तोडफोड आगजनी गर्ने, प्रहरी युनिफर्मलगायत समग्री लुटी दुरुपयोग गर्ने धनुषा घर भई ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने १८ वर्षीय शिवम चौधरीलाई पक्राउ गरेको हो।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले प्रहरी वृत्त तोडफोड, आगजनी गर्नुका साथै सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुव्र्यवहार गर्ने तथा आक्रमण गर्नका लागि भीडलाई उत्तेजित पार्ने अभिव्यक्ति दिएको आरोपमा चौधरीलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका चौधरीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १० : २५ बजे

बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो

धरान– बेमौसमी वर्षाका कारण यस वर्ष जिल्लामा धान उत्पादन घटेको छ

सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छ : मन्त्री गौतम

चितवन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले सरकारले एसइई

निर्धारित समयमा निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले सबै दलहरूको सहमति र आम नागरिकको

जसपा नेपालले घेर्‍यो देशैभरका जिल्ला प्रशासन कार्यालय

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालले देशभरीकै जिल्ला प्रशासन कार्यालय अगाडि

सचिवमा उम्मेदवारी दिँदै नवौँ महाधिवेशनकी कान्छी केन्द्रीय सदस्य

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्काले आगामी एघारौँ महाधिवेशनमा