एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता « Khabarhub

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित नेता झलनाथ खनालबीच आज भेटवार्ता भएको छ।

अध्यक्ष ओली निवास गुण्डुमा ओली र खनालबीच एकता र एमाले पार्टीमा प्रवेशका बारेमा छलफल भएको एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले जानकारी दिए।

उनले पार्टी अध्यक्ष ओली र खनालबीच सकारात्मक वार्ता भएको जानकारी दिँदै एमालेका पुराना नेताहरूबीचको छलफलले सम्बन्धमा सुधार आएको बताए।

नेकपा समाजवादीका नेताहरू रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राईलगायत १०० भन्दा बढी नेता–कार्यकर्ता एमालेमा फर्किने तयारीमा रहेको जानकारी दिँदै उनले प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिहरू एमाले फर्किंदा हुनसक्ने कानुनी जटिलताका बारेमा जानकारसँग छलफल चलिरहेको जानकारी दिए।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १० : ३३ बजे

‘प्रधानमन्त्रीको बोलीले सीमाबासीको मन दुखेको छ, संसद्‍मा उभिएर माफी माग्‍नै पर्छ’

बासना थापा नेपाली कांग्रेसकी प्रमुख सचेतक हुन्। नेपाली कांग्रेसबाट विजयी

ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयमा सर्वोच्चको साथ, कार्यान्वयनको बाटो खोलिदियो

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारी तथा शिक्षकहरूको ट्रेड

काठमाडौंमै बाँदर आतंक : भान्सामा छिरेर भात लैजान्छन्, सुकाएका लुगासमेत भेटिँदैनन्

काठमाडौं- पछिल्लो समय बाँदर आतंकले गाउँघरदेखि राजधानी काठमाडौंलाई समेत बाँकी

कर्णालीमा कर्मचारी अभावको गुनासो

काँक्रेविहार– कर्णाली प्रदेश सरकार मातहतमा २८ प्रतिशत कर्मचारी अपुग देखिएको

 बजेटलाई जनता केन्द्रित बनाउन अर्थमन्त्रीलाई सुझाव

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले आर्थिक वर्ष २०८३/८४को प्रस्तुत बजेटलाई जनता केन्द्रित