कैलालीका सीमानाकामा सुरक्षा जाँचमा कडाइ « Khabarhub

कैलालीका सीमानाकामा सुरक्षा जाँचमा कडाइ


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– कैलालीसँग जोडिएका नेपाल–भारत सीमानाकामा सुरक्षा जाँचलाई कडाइ गरिएको छ । जिल्लास्थित सीमानाकामा भारतबाट नेपाल प्रवेश गर्नेलाई जाँचमा कडाइ गरिएको हो ।

सीमावर्ती नाकाबाट परिचय नखुलेका शङ्कास्पद व्यक्ति तथा समूह अवैध तरिकाले प्रवेश गर्न सक्ने हुँदा सुरक्षा निकायबाट जाँचमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

‘सुरक्षा चुनौतीलाई दृष्टिगत गरेर जाँचमा कडाइ गरिएको हो’, उनले भने, ‘शङ्कास्पद व्यक्ति वा समूह जिल्लाभित्र प्रवेश गरेको देखिएमा नजिकको सुरक्षा निकायहरूमा जानकारी गरी सहयोग गरी दिनुहुन सबैमा अनुरोध गरिन्छ ।’

परिचय नखुलेका अपरिचित व्यक्ति वा समूह तथा समुदायलाई आफ्नो घरमा बसोबास नगराउन तथा कुनै कामकाजमा नलगाउन जिल्ला प्रशासन कार्यालयले सबैमा अनुरोधसमेत गरेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ११ : २९ बजे

भारतले दियो नेपाललाई २ सय २० वटा गाडी

काठमाडौं– भारत सरकारले नेपाल सरकारलाई २ सय २० वटा सवारी

चुलिँदै इरान-अमेरिका तनाव, अर्को युद्धको संघारमा मध्यपूर्व

काठमाडौं- इरान र अमेरिकाबीच बढ्दो तनावले क्षेत्रीय सुरक्षास्थितिलाई थप जटिल

बालेनको चुनौतीपछि झापा ५ मा सघन रुपमा जुट्यो एमाले, टोलसम्मै चुनावी अभियान

दमक- नेकपा एमालेले झापा क्षेत्र नं. ५ मा चुनावी अभियानलाई

इरानको क्रान्तिकारी गार्डमाथि प्रतिबन्ध लागू गर्ने तयारीमा ईयू

ब्रसेल्स– राष्ट्रव्यापी विरोध प्रदर्शनमा तेहरानको दमनमा इरानको अर्धसैनिक क्रान्तिकारी गार्डमाथि

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस प्रदेशका