नयाँदिल्ली- पाकिस्तानी जेट खसाल्ने रूसी एस-४०० भारतले थप किन्न सक्छ, राष्ट्रपति पुटिनसँग ९ ठूला सम्झौतामा सहमति सम्भावना, आज दिल्ली आउँदै
भारतले पाकिस्तानमा ‘अपरेशन सिन्दूर’का क्रममा प्रयोग गरेको रूसी रक्षा प्रणाली किन्ने तयारी गरेको छ । भारतीय पाकिस्तानभित्र आक्रमणका क्रममा प्रयोग गरिएको उक्त रक्षा प्रणाली किन्न वार्ता अघि बढाएको छ।
त्यसबेला भारतसँग रहेको रूसी एयर डिफेन्स सिस्टम एस-४०० ले धेरै पाकिस्तानी जेट खसालेको दाबी नयाँ दिल्लीले गर्दै आएको छ ।
भारतीय वायुसेनाले त्यसबेला पाकिस्तानका ६ फाइटर जेट खसालेको दाबी गरिरहेको छ । त्यसबेला रूसमा बनेको एस-४०० मा भारत निर्भर थियो । भारतले पाकिस्तानका लडाकु जेट एस-४०० रक्षा प्रणालीभित्र परेपछि असफल जनाएको छ।
भारत अब रूससँग थप एस -४०० र यसको अपडेटेड भर्सन एस-५०० किन्ने सम्झौताको नजिक पुगेको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन ४ वर्षपछि बिहीबार भारत आउँदैछन्। पुटिनको यो यात्रामा दुवै देशबीच ९ वटा महत्वपूर्ण सम्झौता हुने अपेक्षा छ।
व्यापार १०० अर्ब डलरसम्म पुर्याउने लक्ष्य
पुटिन दुईदिने भारत यात्रामा २३औँ भारत–रूस सम्मेलनमा सहभागी हुनेछन्। यो वार्षिक बैठक हो, जुन पालैपालो दुवै देशले आयोजना गर्छन्। यसपटक भारत आयोजक रहेको छ।
सम्मेलनको मुख्य लक्ष्य सन् २०३० सम्म दुवै देशबीचको व्यापार १०० अर्ब डलरसम्म पुर्याउनु हो। यहाँ ऊर्जा, लगानी, प्रविधि, उद्योग लगायतका क्षेत्रमा साझेदारीमा छलफल हुनेछ।
- पुटिनसँग ७ जना मन्त्री पनि भारत आउँदै
- रूसी सेन्ट्रल बैंकका गभर्नर पनि सहभागी हुँदै।
- पुटिन–मोदीबीच ‘क्लोज डोर’ बैठक हुँदै।
- २५ भन्दा बढी सम्झौतामा हस्ताक्षर हुँदै ।
- पुटिन आड्ढटीसी मौर्य होटलमा बस्नेछन्।
भारत–रूसको विशेष रणनीतिक साझेदारी
भारत र रूस ‘स्पेशल एन्ड प्रिभिलेज्ड स्ट्रटेजिक पार्टनर’ हुन्। लामो समयदेखि दुवै देशबीच हतियार, प्रविधि र रक्षा सहकार्य हुँदै आएको छ। यसै साझेदारीका कारण एसयु-५७ र एस-५०० जस्ता आधुनिक प्रणालीमा छलफल अघि बढ्न सक्छ।
हाल भारतीय वायुसेनासँग पर्याप्त फाइटर जेटको अभाव छ । पहिले नै २०० भन्दा बढी रूसी जेट प्रयोगमा छन्। त्यसैले नयाँ जेनेरेशनका रूसी जेट अपनाउन भारतलाई सजिलो हुनेछ।
भारतीय सञ्चारमाध्यमका अनुसार एसयु-५७ मा धेरै लामो दूरी मार गर्ने मिसाइल लगाउन सकिने भएकाले भारतको शक्ति धेरै बढ्नेछ। पहिले नै रूसी फाइटरहरूको मर्मत गर्दै आएकोले एसयु-५७ को सेवा तथा मर्मत भारतमै सजिलै सम्भव हुनेछ।
एस-५०० प्रति भारतको रुचि बढ्नुको कारण यो हाइपरसोनिक मिसाइलसहित धेरै खालका लामो दूरीका हमलाबाट बचाउन सक्ने क्षमता हो।
रूसी हतियार निर्भरता घट्दै
भारत एकातिर रूससँग पुरानो सम्बन्ध जोगाउन चाहन्छ भने अर्कोतिर अमेरिका र युरोपसँग रक्षा सहयोग बढाइरहेको छ। पछिल्ला १० वर्षमा भारतले अमेरिका र फ्रान्सबाट हतियार खरिद बढाएको छ।
यसले गर्दा भारतमा रूसी हतियारको हिस्सा कम भएर ३६ प्रतिशतजति पुगेको छ, यद्यपि रूस अझै सबैभन्दा ठूलो आपूर्तिकर्ता रहन्छ।
तेल खरिदबारे कुराकानी हुने
पुटिनको यात्रामा रूसी तेल किन्दा अमेरिकी राष्ट्रपति ट्रम्पले भारतलाई लगाएको २५ प्रतिशत अतिरिक्त ट्यारिफको विषय पनि उठ्न सक्छ।
ट्रम्पको आरोप अनुसार भारत सस्तोमा रूसी तेल किनेकोले रूसलाई युद्ध चलाउन मद्दत पुगिरहेको छ। यसले भारतलाई करिब ३७ अर्ब डलर बराबरको असर परेको बताइन्छ।
नयाँ भुक्तानी प्रणाली बन्न सक्छ
अमेरिका र युरोपको दबाबले रूस–भारत व्यापारमा भुक्तानी समस्या आएको छ। अब दुई देश नयाँ भुक्तानी प्रणालीमा सहमत हुन सक्छन्, जसमा:
- रुपया–रूबल ट्रेड
- डिजिटल पेमेन्ट
- तेस्रो मुलुकको बैंकमार्फत् भुक्तानी जस्ता विकल्प छलफलमा छन्।
रूसले भारतलाई आर्कटिक क्षेत्रका ऊर्जा परियोजनामा लगानीको अवसर पनि दिन सक्छ।
रूसमा भारतीय कामदार पठाउने
दुवै देशबीच स्किल्ड वर्कर्ससम्बन्धी ‘मोबिलिटी सम्झौता’ हुन सक्छ। युद्धपछि धेरै क्षेत्रमा रूसलाई कामदारको अभाव छ र भारतबाट मेडिकल, इन्जिनियरिङ, टेक्निकल स्टाफ लैजाने प्रस्ताव छ।
भारतका १० लाख प्राविधिक कामदारलाई रूसमा रोजगारी दिने सम्झौता हुन सक्छ।
पुटिन ६ डिसेम्बर २०२१ मा केही घण्टाका लागि भारत आएका थिए। तब २८ सम्झौतामा हस्ताक्षर भएको थियो। यसपालिको यात्रा सन् २०३० को आर्थिक रोडम्यापलाई अघि बढाउने अपेक्षासहित हुँदैछ।
सुरक्षाका कारण विदेशी यात्रामा सतर्कता
आईसीसीले सन् २०२३ मा पुटिनविरुद्ध वारेन्ट जारी गरेपछि उनले धेरै देशको यात्रा गर्न छाडेका छन्। भारत र ब्राजिलमा भएका जी२० दुवै सम्मेलनमा उनी आएनन्। उनका ठाउँमा विदेशमन्त्री लाभरोभ सहभागी भए।













प्रतिक्रिया