पोखराविरुद्ध काठमाडौंका ओपनर बेन चार्ल्सवर्थको अर्धशतक « Khabarhub

पोखराविरुद्ध काठमाडौंका ओपनर बेन चार्ल्सवर्थको अर्धशतक


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङमा उत्रिएको काठमाडौं गोर्खाजका ओपनर बेन चार्ल्सवर्थले अर्धशतक प्रहार गरेका छन् । 

खेल १५ओभरको दोस्रो बलमा पुग्दा बेनले अर्धशतक पूरा गरेका हुन् । उनले ४८ बलमा ४ चौका र १ छक्काको सहयोगमा ५१ रन पूरा गरेका हुन् । 

यस सिजनमा बेनको यो व्यक्तिगत पहिलो अर्धशतक हो । यस सिजन अघिल्ला खेलमा उनको ब्याटिङ चलेको थिएन । जनकपुर बोल्ट्सविरुद्ध उनले ४६ रन जोडेका थिए । त्यही नै उनले बनाएको सर्वाधिक रन हो । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पोखाराले टस जितेर काठमाडौंले पहिला ब्याटिङको निम्तो पाएको हो ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  १ : ०८ बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय