पोखराका भीम सार्कीको आक्रामक ब्याटिङले काठमाडौंलाई दियो १६६ रनको लक्ष्य « Khabarhub

पोखराका भीम सार्कीको आक्रामक ब्याटिङले काठमाडौंलाई दियो १६६ रनको लक्ष्य


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङमा उत्रिएको काठमाडौं गोर्खाजका भीम सार्कीको आक्रामक ब्याटिङले १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६५ रन बनाएको हो । 

काठमाडौं १३ ओरभरमा ५ विकेटको क्षतिमा ७९ रनको अवस्थामा रहेका बेला भीम सार्की क्रिजमा गएका थिए । उनले ९ बलमा ५ चौका र ४ चौकाको सहयोगमा ५१ रन बनाउँदै अर्धशतक प्रहार गरेका हुन् ।

यस इनिङमा उनले २३ बलमा ५५ रन प्रहार गर्न ५ चौका र ४ छक्का प्रहार गरे । उनकै आक्रामक ब्याटिङले काठमाडौं उकासिएर १६५ रनको बलियो अवस्थामा आइपुगेको हो । 

ब्याटरहरु लगालग आउट भए पनि ओपनर बेन चार्ल्सवर्थ ब्याटिङ सम्हालेका थिए । उनी १८ ओभरको ५ बलसम्म टिकेर ५५ बलमा ५ चौका र २ छक्काको सहयोगमा ६४ रन जोडेर आउट भए ।

ओपनर आकाश त्रिपाठी डक पहिलो ओभरको तेस्रो बलमा डक आउट भए । ४ ओभरको अन्तिम बलमा रसिद खान सस्तैमा आउट भए । उनले १२ बल खर्चेर ७ रन जोडे । 

मिलिन्द कुमारको ब्याटिङ पनि पोखराविरुद्ध चलेन । १४ बलमा १३ रन बनाएर उनी आउट भए । जोन सिम्पसन  २ र मोहम्मद आदिल आलम ७ रनमै आउट भए । 

आदिल आउट भएपछि क्रिजमा आएका भीम र बेनले छैटौं विकेटका लागि ७६ रनको बलियो साझेदारी गरे । उनीहरुले ५ ओभर २ बलको साझेदारी गरेका हुन् ।

बलिङतर्फ पोखराका धनञ्जय लक्ष्मणले सर्वाधिक ४ विकेट लिए । उनकै बलमा काठमाडौंका ओपरन आकाश र आक्रामक ब्याटर देखिएका भीम सार्की आउट भए । 

कप्तान कुशल भुर्तेलले मिलिन्द कुमार र जोन सिम्पसनको गरी २ विकेट लिए । विपीन खत्रीले सर्वाधिक रनकर्ता बनेका बेनको विकेट लिए । किरण ठगुन्नाले एक विकेट लिए । 

चार ओभर बलिङ गरेका आकाश चन्दले विकेटविहीन रहेर ४२ रन खर्चिए । ऋषि धवनले पनि ४ ओभर बलिङ गर्दा ३९ रन खर्चिए ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  १ : ३४ बजे

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप