काठमाडौंले सक्यो समूह चरणको खेल, अन्तिम प्रतिस्पर्धामा पोखरा पराजित « Khabarhub

काठमाडौंले सक्यो समूह चरणको खेल, अन्तिम प्रतिस्पर्धामा पोखरा पराजित


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई १३ रनले हराएको छ । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १६६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १५२ रनमा सीमित भयो ।

यससँगै काठमाडौंले समूह चरणका ७ खेलमा ५ जित निकाल्दै प्लेअफमा स्थान बनाएको छ । यो टिम १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ । समूह चरणका खेल पूरा गर्ने क्रममा यो टिमले २ हार र ५ जित निकालेको छ ।

यसअघिका ६ खेलमा काठमाडौंले विराटनगर बोल्ट्स र सुदूरपश्चिम रोयल्ससँग हारेको थियो । चार टिम कर्णाली याक्स, चितवन राइनोज, लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सलाई जितेको थियो ।

समूह चरणको पाँच ६ खेलमा ४ हार सहेको छ । यो टिमले ४ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ ।

काठमाडौंलाई जिताउन भीम सार्कीको आक्रामक ब्याटिङ र शहाब आलमको ह्याट्रिकसहितको ६ विकेट निर्णायक रह्यो ।

काठमाडौं १३ ओरभरमा ५ विकेटको क्षतिमा ७९ रनको अवस्थामा रहेका बेला भीम सार्की क्रिजमा गएका थिए । उनले ९ बलमा ५ चौका र ४ चौकाको सहयोगमा ५१ रन बनाउँदै अर्धशतक प्रहार गरेका हुन् ।

यस इनिङमा उनले २३ बलमा ५५ रन प्रहार गर्न ५ चौका र ४ छक्का प्रहार गरे । उनकै आक्रामक ब्याटिङले काठमाडौं उकासिएर १६५ रनको बलियो अवस्थामा आइपुगेको हो । भीम र बेन चार्ल्सवर्थले छैटौं विकेटका लागि ७६ रनको बलियो साझेदारी गरे ।

उनीहरुले ५ ओभर २ बलको साझेदारी गरेका हुन् । यही साझेदारीले काठमाडौंको ब्याटिङ उकासिएर पोखराले १६६ रनको बलियो लक्ष्य पाएको हो ।

पोखरका धनञ्जय लक्ष्मण र ऋषि धवनले पाँचौ विकेटका लागि ७६ रनको बलियो साझेदारी गरे । ऋषिले ३१ बलमा ५४ रन जोड्न ३ चौका र २ छक्का प्रहार गरे ।

धनञ्जयले २७ बलमा १ चौका र १ छक्काको सहयोगमा ३० रन जोडे । पाँचौ विकेटमा जाँदा ५५ रनको अवस्थामा पुगेको पोखरालाई यी दुईको साझेदारीले उकासेको हो ।

५ विकेटका रुपमा धनञ्जय आउट हुँदा यो टिम १३१ रनको उकासिएको अवस्थामा पुगेको थियो । पोखराका कप्तान तथा ओपर कुशल भुर्तेलले २२ रन जोडे ।

अन्यको ब्याटिङ सम्झन लायक बनेन । १७ ओभरपछि काठमाडौंका शहाब आलमले ५ विकेट लिए । उनले पोखरका सर्वाधिकत रन बनाउने ऋषिलाई आउट गराए । त्यसपछि पनि लगालग विकेट गएपछि पोखरा हार बेहोर्न पुग्यो ।

आमलले यो इनिङमा ६ विकेट लिए । उनले अन्तिम ओभरमा विकेट लिन ह्याट्रिक पनि गरे । करण केसीले ओपनर पोखरका ओपनर कुशल भुर्तेल र धनञ्जय लक्ष्मणको महत्त्वपूर्ण दुई विकेट लिए । सन्नी पटेलले ओपनर एडम रोसिंगटनसहितको २ विकेट लिए ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ३ : ३० बजे

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग (तस्बिरहरू)

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०