धवलागिरिमा एक सय २९ योजना छनोट « Khabarhub

धवलागिरिमा एक सय २९ योजना छनोट


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– जिल्लाको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा कार्यान्वयन गर्ने एक सय २९ वटा आयोजना तथा कार्यक्रम छनोट गरेको छ ।

गत असारमा भएको २४औँ गाउँसभाले पुँजीगत शीर्षकमा पूर्वाधारतर्फ १० करोड ७५ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५२ लाख, आर्थिक विकासतर्फ ५२ लाख पाँच हजार र सामाजिक विकासतर्फ दुई करोड १५ लाख १६ हजार बजेट बिनियोजन गरेको थियो ।

गाउँपालिकाले बजेट विनियोजन गरेका एक सय एक, सङ्घीय र प्रदेश सरकारका हस्तान्तरित, समपूरक र विशेष अनुदानका नौ तथा प्रधानमन्त्री रोजगार कार्यक्रमका १९ वटा योजना रहेका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिए । 

पूर्वाधारतर्फ सडक निर्माण, स्तरोन्नति, पदमार्ग, खानेपानी, नदी तथा पहिरो नियन्त्रण, ढल व्यवस्थापन, भवन, विद्यालय पूर्वाधारलगायत योजना छन् । दुई वटा योजनाको ठेक्का आह्वान र १३ वटा योजनाको उपभोक्ता समितिसँग सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए। उनका अनुसार रु १० लाखभन्दा कम बजेटका योजना उपभोक्ता समिति र सोभन्दा बढीका ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने नीति पालिकाले लिएको छ । 

यही मङसिरभित्र योजना सम्झौता गरी चैतसम्म अन्तिम भुक्तानी गर्ने लक्ष्य राखिएको शर्माले जानकारी दिए । उनका अनुसार उपभोक्ता समितिको सहजताका लागि पालिकाको केन्द्र मुनामा रहेको कार्यालयमा आउन अपायक पर्ने मुदी, मराङ, ताकम र मल्कवाङको वडा कार्यालयमा पुगेर योजना सम्झौता गर्ने व्यवस्था मिलाएको छ । 

यस वर्ष प्रशासकीय भवन, मुदीको वडा र ताकमको अस्पताल भवन निर्माणलाई पूर्णता, गुर्जा र भेडिखाल्टा बस्तीलाई सडक सञ्जालमा जोड्ने योजनालाई प्राथमिकतामा राखिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए। 

जलजलामा पर्यटन महोत्सव, स्थानीय मदिराको ब्रान्डिङ र युवालाई बिनाधितो सहुलियत ब्याजदरमा ऋण दिने कार्यक्रम पनि कार्यान्वयन गरिने गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले बताए। 

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ३ : ३४ बजे

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

बर्लिन– हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी

गोरखा–जितगढी एकीकरण पदयात्रा

दमौली– नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण