सुदूरपश्चिमका क्रिस लिनको ब्याटिङ चल्दा चितवनले पायो १७० रनको लक्ष्य « Khabarhub

सुदूरपश्चिमका क्रिस लिनको ब्याटिङ चल्दा चितवनले पायो १७० रनको लक्ष्य


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले १७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रन जोडेको हो ।

सुदूरपश्चिमबाट सबैभन्दा बढी रन बनाउने खेलाडी ओपनर क्रिस लिन हुन् । उनले ५६ बलमा ७५ रन जोड्न ५ चौका र ३ छक्का प्रहार गरे । खेल १७ ओभरमा पुगेपछि उनी रिटायर्ड आउट भए ।

ओपनर विनोद भण्डारीले २१, पुनीत मेहराले १३, अरिफल शेखले अविजीत २४ र दीपेन्द्रसिंह ऐरी अविजीत २४ रन जोड्दा सुदूरपश्चिमले १७० रनको बलियो लक्ष्य प्रस्तुत गरेको हो ।

बलिङतर्फ चितवनका सैफ जबले २ विकेट लिए । उनले इशान पाण्डे र पुनीत मेहरालाई आउट गरे । ओपनर विनोद भण्डारीलाई आउट गरेका रञ्जितले १ विकेट लिए ।

जर्ज स्क्रिमशले हर्मित सिंहको १ विकेट लिए । चार ओभर बलिङ गरेका रिजन ढकाल र जर्ज स्क्रिमशा खर्चिला बलर बने । उनीहरु दुवैले ४०–४० रन खर्चिए ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ६ : ०० बजे

एआईजी दाहालले अति संवेदनशील सूचना चुहाएको पुष्टि : गृहमन्त्रीको हातमा पुगेको छानविन प्रतिवेदनमा के छ ?

काठमाडौँ – सशस्त्र प्रहरी बलका निलम्बित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको