रणवीर सिंहको फिल्म ‘धुरन्धर’मा नेपाली दर्शकको चासो « Khabarhub

रणवीर सिंहको फिल्म ‘धुरन्धर’मा नेपाली दर्शकको चासो


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही शुक्रबारदेखि नेपालमा प्रदर्शन हुन लागेको बलिउड मल्टिस्टारर फिल्म ‘धुरन्धर’ले बक्स अफिसमा आक्रामक सुरुवात गर्ने संकेत देखाएको छ ।

रणवीर सिंह र सञ्जय दत्त शीर्ष भूमिकामा रहेको एक्सन ड्रामाप्रति नेपाली दर्शकको चासो देखिएको छ।

फिल्मले देशव्यापी रूपमा १६१ शोज पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई उच्च प्राथमिकता दिँदै काठमाडौंका आउटलेटमा ३५ र उपत्यका बाहिर ३६ गरी कुल ७१ शो उपलब्ध गराएको छ ।

त्यस्तै, आईएनआईले २०, वान सिनेमाजले १३, बिग मुभिजले ८ र एफक्युबले ७ शो दिएका छन् । अन्य हलहरूमा पनि सोही अनुपातमा शो बाँडफाँड गरिएको छ ।

रिलिज पूर्व नै फिल्मको बुकिङ उत्साहजनक देखिएको छ । केही हलमा बिहानी शोहरू ‘हाउसफूल’ भइसकेका छन् भने दिउँसोका शोहरू पनि बुकिङको चाप देखिन्छ ।

‘उरीस् द सर्जिकल स्ट्राइक’ फेम निर्देशक आदित्य धरले निर्देशन गरेको यो फिल्म भारतीय जासुसी मिसनमा आधारित ‘स्पाई थ्रिलर’ हो । नेपालमा यो फिल्मलाई ‘श्याडो पिक्चर्स’ले ल्याएको हो ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ७ : ३८ बजे

जेन-जी आन्दोलनको उपहास : सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर