सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित « Khabarhub

सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले ४९ रनको जित निकाल्दै आफ्नो अपराजित यात्रा कायम नै राखेको छ ।

कीर्तिपुरस्थिति त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेको चितवनले पहिले फिल्डिङ गर्‍यो । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चितवन १७ ओभर १ बलमा सबै विकेट गुमाउँदै १२० रनमा समेटिएको हो ।

यससँगै समूह चरणका २ खेलअघि नै प्लेअफमा स्थान बनाएको सुदूरपश्चिमले ६ खेलमा शत प्रतिशत नतिजा निकाल्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ । यो टिमले यसअघि जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजलाई जितेको थियो ।

१२ अंकसहित सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा छ । चितवन भने ६ खेलमा २ जित र ४ हारले ४ अंकसहित तालिकाको छटौं स्थानमा छ । आजको खेलमा ब्याटिङ निर्णायक बन्दा सुदूरपश्चिमले जित निकालेको हो ।

ओपनर क्रिस लिनले ५६ बलमा ७५ रन जोडेर सुदूरपश्चिमको ब्याटिङ उकासेका थिए । उनले १७ ओभरमा पुगेर रिटायर्ड आउट भए । उनी रिटायर्ड आउट भएपछि क्रिजमा आएका दीपेन्द्रसिंह ऐरीले अविजीत २४ रन जोडे ।

आरिफ शेखले पनि अविजीत २४ रन जोडे । ओपनर बिनोद भण्डारी २१ र पुनीत मेहराको १३ रनले सुदूरपश्चिमले चितवनलाई १७० रनको बलियो लक्ष्य प्रस्तुत गरेको हो ।

जवाफी ब्याटिङमा उत्रिएको चितवनका कुनै ब्याटर चम्किन सकेनन् । ओपनर अर्जुन साउद १६, अर्का ओपनर डविड मलान र सैफ जैब समान ६–६ रनमा आउट भए । सर्वाधिक रन जोड्ने रवि बोपारले २३ बलमा १ छक्का र २ चौकाको सहयोगमा २९ रन जोडे । दोस्रो सर्वाधिक रन बनाउने देव खनाल १९ बलमा २८ रन बनाए बिदा भए ।

अन्यले दोहोरो रन बनाउन सकेनन् । बलिङतर्फ सुदूरपश्चिमका पुनीत मेहराले ३ विकेट लिए । दोस्रो बढी रन बनाउने देव खनाललाई उनलै आउट गराएका हुन् । १ विकेट लिएका हिक्मत महराले सैफ जैबको महत्त्वपूर्ण विकेट लिए ।

दीपेन्द्रसिंह ऐरीले ओपनर अर्जुन साउद मात्रै १ विकेट लिए । ईसान पाण्डेले कप्तान कुशल मल्लको विकेट लिए । सुदूरपश्चिमले पोखराका डविड र अमरसिंह रौतेलालाई रन आउट गरेको हो । चार ओभर बलिङ गरेका हर्मित सिंह खर्चिला बलर बने । विकेटविहीन रहेर उनले ३४ रन खर्चिए ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ७ : ४० बजे

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ– कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला ?  सहजै

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौँ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)