अख्तियार प्रमुखसहित १० हाइप्रोफाइललाई कसले दियो ‘सफाया’ गर्ने धम्की? « Khabarhub

अख्तियार प्रमुखसहित १० हाइप्रोफाइललाई कसले दियो ‘सफाया’ गर्ने धम्की?


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले विभिन्न १० हाइप्रोफाइल व्यक्तिको निवास वरपर पनि सुरक्षा निगरानी बढाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जनाको निवास वरपर सुरक्षा निगरानी बढाउन उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले बिहीबार मातहतका निकायलाई सर्कुलर गरेको हो।

एक व्यक्तिले दिएको धम्कीपूर्ण अभिव्यक्तिपछि प्रहरीले भीभीआईपीको निवास, उनीहरू आउजाउ गर्ने सडकमार्ग, कार्यालय आसपास सुरक्षा निगरानी बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आफूलाई उग्रवादी संगठनको अध्यक्ष बताउने युवकले सामाजिक सञ्जालमार्फत धम्की दिएका छन्। उनले लोकमान सिंह कार्की, गोपाल बहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईंसहितलाई ज्यान मार्ने धम्की दिएको बताइएको छ। ती व्यक्तिले नेपाल प्रहरीका पूर्वप्रमुख तथा अख्तियार प्रमुखलाई ‘सफाया’ दिने पनि बताएको प्रहरीले बताएको छ।

ती युवकले आफूलाई एक्ट्रिमिस्ट ग्रुप अफ नेपालको अध्यक्ष बताएका छन्।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरका प्रहरी युनिटहरूलाई सर्कुलर गर्दै धम्की दिएका व्यक्तिहरू सहभागी हुने कार्यक्रमस्थलमा पनि निगरानी गर्न र सूचना संकलन गर्न निर्देशन जारी गरिएको छ।
‘कथित उग्रवादी समूहहरूको गतिविधिबारे खबर संकलन गरेर सम्बन्धित प्रहरी कार्यालयको क्षेत्रमा बस्ने अन्य विशिष्ट व्यक्तिहरूको समेत प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनू’ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले गरेको सर्कुलरमा भनिएको छ।

उग्रवादी समूह बताउने युवकबारे अनुसन्धान भइरहेको काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए। ती युवकले आफू भारतमा रहेको र आफूलाई पक्राउ गर्न असम्भव भएको पनि बताएको प्रहरीको भनाइ छ। तर प्रहरीले उनीमाथि अनुसन्धान तीव्र पारिएको बताएको छ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ८ : ४० बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी