पाकिस्तानमा एनआईभी सङ्क्रमितको सङ्ख्यामा उच्च वृद्धि « Khabarhub

पाकिस्तानमा एनआईभी सङ्क्रमितको सङ्ख्यामा उच्च वृद्धि


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा एचआईभी सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको पाइएको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओ र एचआईभी एड्ससम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायले सार्वजनिक गरेको तथ्यांकमा सङ्क्रमणको अवस्था भयावह रहेको देखिएको हो ।

सार्वजनिक तथ्यांकमा सन् २०१० मा पाकिस्तानमा एचआईभी सङ्क्रमितको सङ्ख्या १६ हजार रहेकोमा सन् २०२४ यो बढेर ४८ हजार पुगेको छ । यसअघि निश्चित समूहमा मात्रै यसको विस्तार भइरहेको भएपनि हाल यो तीव्र गतिमा फैलिरहेको जनाइएको छ ।

हाल बालबालिका, पतिपत्नी र समुदायमा समेत फैलिरहेको छ । खासगरी, असुरक्षित रगत व्यवस्थापन, असुरक्षित यौन सम्पर्क, परीक्षण र रोकथामको कमीजस्ता कारणले एचआईभी विस्तार बढिरहेको प्रतिवेदनमा जनाइएको छ ।

एचआईभी सङ्क्रमणको विस्तार नियन्त्रणका लागि थप कदम चाल्न पाकिस्तनी स्वास्थ्य मन्त्रालयसँग पनि ती निकायले आग्रह गरेका छन् । त्यसबाहेक एचआईभी सङ्क्रमितप्रति पाकिस्तानी समाजको दृष्टिकोणमा पनि व्यापक परिवर्तन आवश्यक रहेकोे प्रतिवेदनमा औँल्याइएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ४ : ४३ बजे

आँबुखैरेनीद्वारा सात लाखको छात्रवृत्ति वितर

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८२-८३ को नीति तथा

होर्मुजको सुरक्षामा सहयोग भए–नभए पनि हामी सम्झिरहनेछौँ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरू मार्गको सुरक्षाका लागि सहयोगी

इनिशा बिकलाई न्याय माग्दै दलित जेन-जी अलाइन्सको खबरदारी (तस्बिरहरू)

काठमाडौं– इनिशा बिकको सामूहिक बलात्कारपछि हत्याको विरुद्धमा काठमाडौँको माइतीघर मण्डलामा

६ वर्ष कैद र २२ करोड भन्दा बढी जरिवाना तोकिएको फरार प्रतिवादी पक्राउ

काठमाडौं– ६ वर्ष कैद र २२ करोड भन्दा बढी जरिवाना तोकिएको

दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित

एजेन्सी– दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि