पाकिस्तानमा एनआईभी सङ्क्रमितको सङ्ख्यामा उच्च वृद्धि « Khabarhub

पाकिस्तानमा एनआईभी सङ्क्रमितको सङ्ख्यामा उच्च वृद्धि


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा एचआईभी सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको पाइएको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओ र एचआईभी एड्ससम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायले सार्वजनिक गरेको तथ्यांकमा सङ्क्रमणको अवस्था भयावह रहेको देखिएको हो ।

सार्वजनिक तथ्यांकमा सन् २०१० मा पाकिस्तानमा एचआईभी सङ्क्रमितको सङ्ख्या १६ हजार रहेकोमा सन् २०२४ यो बढेर ४८ हजार पुगेको छ । यसअघि निश्चित समूहमा मात्रै यसको विस्तार भइरहेको भएपनि हाल यो तीव्र गतिमा फैलिरहेको जनाइएको छ ।

हाल बालबालिका, पतिपत्नी र समुदायमा समेत फैलिरहेको छ । खासगरी, असुरक्षित रगत व्यवस्थापन, असुरक्षित यौन सम्पर्क, परीक्षण र रोकथामको कमीजस्ता कारणले एचआईभी विस्तार बढिरहेको प्रतिवेदनमा जनाइएको छ ।

एचआईभी सङ्क्रमणको विस्तार नियन्त्रणका लागि थप कदम चाल्न पाकिस्तनी स्वास्थ्य मन्त्रालयसँग पनि ती निकायले आग्रह गरेका छन् । त्यसबाहेक एचआईभी सङ्क्रमितप्रति पाकिस्तानी समाजको दृष्टिकोणमा पनि व्यापक परिवर्तन आवश्यक रहेकोे प्रतिवेदनमा औँल्याइएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ४ : ४३ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने