अभिभावकलाई अमेरिकी अधिकारीको आग्रह : चीनबाट तस्करी गरी ल्याएका खेलौनाबाट सतर्क रहनू « Khabarhub

अभिभावकलाई अमेरिकी अधिकारीको आग्रह : चीनबाट तस्करी गरी ल्याएका खेलौनाबाट सतर्क रहनू


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनबाट तस्करी गरी ल्याइएका नक्कली खैलोनाको जोखिम बढिरहेको भन्दै अमेरिकी अधिकारीले बालबालिकाका अभिभावकलाई सतर्क रहन आग्रह गरेका छन् । हालै अमेरिकी भन्सार प्रशासनले चीनबाट तस्करी गरी ल्याइएका ७ लाख ७५ हजार अमेरिकी डलरभन्दा बढी मूल्य पर्नेनक्काली खेलौना बरामद गरेपछि पछिल्लो घटनाक्रम विकास भएको हो ।

द इपोक टाइम्सका अनुसार अमेरिकी भन्सार प्रशासनले चीनबाट ल्याइएका लबुबु, मिकी माउस र अन्य खेलौना बरामद गरेको हो । यसमा १२ हजार १ सय ९१ ‘प्लश’ खेलौना, १ हजार ६ सय ६१ ब्याकप्याक, १ हजार ६ सय म्युजिक बक्स, १ हजार ४ सय ४० स्नो ग्लोबजस्ता सामग्री समावेश छन् ।

अमेरिकाको भन्सार तथा सीमा संरक्षण प्रशासनले नोरफोकमा ती खेलौना बरामद गरेको जनाइएको छ । यसको कुल मूल्य ७ लाख ७६ हजार ५ सय ६२ अमेरिकी डलर छ ।

नोरफोक बन्दरगाह क्षेत्रमा बरामद उक्त परिमाणको खेलौना वेस्ट भर्जिनिया राज्यको उड काउन्टीमा डेलिभरीका लागि लैजान खोजिएको थियो । विदाको सिजन शुरु हुँदा खेलौनाको व्यापार बढ्ने भएकाले नक्कली खेलौनाले बच्चाको स्वास्थ्य र सुरक्षामा पार्नसक्ने जोखिमबारे सतर्क रहन अभिभावकलाई अधिकारीले आग्रह गरेका हुन् ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ५ : ३९ बजे

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५

झापामा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप

काठमाडौं- झापामा उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले र राष्ट्रिय

भोजपुरबाट शेरधन राईको मनोनयन दर्ता

टक्सार– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा