अभिभावकलाई अमेरिकी अधिकारीको आग्रह : चीनबाट तस्करी गरी ल्याएका खेलौनाबाट सतर्क रहनू « Khabarhub

अभिभावकलाई अमेरिकी अधिकारीको आग्रह : चीनबाट तस्करी गरी ल्याएका खेलौनाबाट सतर्क रहनू


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनबाट तस्करी गरी ल्याइएका नक्कली खैलोनाको जोखिम बढिरहेको भन्दै अमेरिकी अधिकारीले बालबालिकाका अभिभावकलाई सतर्क रहन आग्रह गरेका छन् । हालै अमेरिकी भन्सार प्रशासनले चीनबाट तस्करी गरी ल्याइएका ७ लाख ७५ हजार अमेरिकी डलरभन्दा बढी मूल्य पर्नेनक्काली खेलौना बरामद गरेपछि पछिल्लो घटनाक्रम विकास भएको हो ।

द इपोक टाइम्सका अनुसार अमेरिकी भन्सार प्रशासनले चीनबाट ल्याइएका लबुबु, मिकी माउस र अन्य खेलौना बरामद गरेको हो । यसमा १२ हजार १ सय ९१ ‘प्लश’ खेलौना, १ हजार ६ सय ६१ ब्याकप्याक, १ हजार ६ सय म्युजिक बक्स, १ हजार ४ सय ४० स्नो ग्लोबजस्ता सामग्री समावेश छन् ।

अमेरिकाको भन्सार तथा सीमा संरक्षण प्रशासनले नोरफोकमा ती खेलौना बरामद गरेको जनाइएको छ । यसको कुल मूल्य ७ लाख ७६ हजार ५ सय ६२ अमेरिकी डलर छ ।

नोरफोक बन्दरगाह क्षेत्रमा बरामद उक्त परिमाणको खेलौना वेस्ट भर्जिनिया राज्यको उड काउन्टीमा डेलिभरीका लागि लैजान खोजिएको थियो । विदाको सिजन शुरु हुँदा खेलौनाको व्यापार बढ्ने भएकाले नक्कली खेलौनाले बच्चाको स्वास्थ्य र सुरक्षामा पार्नसक्ने जोखिमबारे सतर्क रहन अभिभावकलाई अधिकारीले आग्रह गरेका हुन् ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ५ : ३९ बजे

लुम्बिनी प्रदेश सभामा उठ्यो केपी ओली र रमेश लेखकमाथि पक्राउको विषय

काठमाडौं– लुम्बिनी प्रदेश सभा सदस्य वसन्ती अधिकारीले पूर्वप्रधानमन्त्री एवं नेकपा

स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याइने

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई

मन्त्री चौधरीसँग विश्व बैंक देशीय निर्देशकको भेट, कृषि सहकार्यमा जोड

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व

नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गर्‍यो चिकित्सक लाइसेन्स परीक्षा तालिका

काठमाडौं– नेपाल मेडिकल काउन्सिल ले २०८३ सालमा सञ्चालन हुने चिकित्सक

देउवा दम्पत्तीविरुद्ध सम्पत्ति शुद्धिकरणमा पक्राउ पुर्जी जारी

काठमाडौं– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु