अस्ट्रेलियासँग टेस्टको दोस्रो पारीमा भारत १५७ रनमा अलआउट : स्कटले लिए ६ विकेट « Khabarhub

अस्ट्रेलियासँग टेस्टको दोस्रो पारीमा भारत १५७ रनमा अलआउट : स्कटले लिए ६ विकेट


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलिया – अस्ट्रेलियासँगको पाँचौँ टेस्टको दोस्रो पारीमा भारत १५७ रनमा आलआउट भएको छ । दुई दिनको खेल सकिँदा नतिजा अस्ट्रेलियाको पक्षमा जाने आधार बलियो बनेको छ ।

पहिलो पारीमा १८५ रनमा सीमित भएको भारतले अस्ट्रेलियालाई १८१ रनमा नै रोकेर ४ रनको अग्रता कायम गरेको थियो ।

दोस्रो पारीमा भारत १५७ रनमा समेटिएको हो । भारतलाई सस्तैमा समेट्न दोस्रो पारीमा अस्ट्रेलियाका लागि स्कट बोल्याण्डले ६ विकेट हात पारेका छन् भने प्याट कमिन्सले तीन विकेट लिए ।

अस्ट्रेलियाका लागि पहिलो पारीमा बेउ वेब सेटरले ५७ रनको योगदान गरे । एलेक्स केरीले २१ तथा स्टेभन स्मिथले ३३ र प्याट कुमिन्सले १० रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् । भारतका लागि पहिलो पारीमा मोहम्मद सिराज र प्रसिद्ध कृष्णले समान ३ विकेट लिएका थिए। जसप्रित बुमराह र नितिस रेड्डीले समान २ विकेट लिएका थिए । बिहानको सत्रमा दुई विकेट लिएका बुमराह दोस्रो सत्रको सुरुवातमै चोटग्रस्त भएपछि मैदानबाट बाहिरिएका थिए ।

कप्तान रोहित शर्मा खराब फर्मका कारण यस टेस्ट नखेलेपछि बुमराह नेतृत्वमा भारतले खेलेको हो । बुमराह पनि घाइते भएपछि भारतीय टोलीको नेतृत्व विराट कोहलीले गरिरहेका छन् । यस खेल अस्ट्रेलियाले जितेमा जुन महिनामा हुने टेस्ट विश्व च्याम्पियनसिपको फाइनलमा समेत प्रवेश गर्ने छ । दक्षिण अफ्रिकाले फाइनलमा स्थान पक्का गरी सकेको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ६ : १९ बजे

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य