इपीएलः आर्सनल बराबरीमा रोकियो « Khabarhub

इपीएलः आर्सनल बराबरीमा रोकियो


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हुँवा पेड्रोले गरेको पेनाल्टी गोलमा ब्रिङटनले आर्सनलसँगको खेलमा १-१ गोलको बराबरी गरेको छ। इपीएल अन्तर्गतको शनिबार भएको खेलको १६ औँ मिनेटमा एथन नुवारीको गोलमा आर्सनलले अग्रता लिएको थियो ।

दोस्रो प्रिमियर लिग खेल खेलिरहेका उनले माइकल मेरिनो डेक्लान राइससँगको समन्वयमा गोल गरेका हुन्।

खेलमा धेरै पकड आर्सनलले राखे पनि पेड्रोले एक घण्टा बितेपछि गरेको पेनाल्टी गोलका कारण आर्सनल जित हात पार्न असफल भयो।

यो खेलको नतिजाले आर्सनललाई शीर्ष स्थानमा रहेको आर्सनल भन्दा छ अङ्कले पछि राखेको छ। सो टोलीले दुई खेल बढी खेलेको छ।

इङ्लिस प्रिमियर सिपका अन्य खेलमा बोर्नमाउथले एभरटनलाई १-० ले तथा अस्टन भिल्लाले लिसेस्टर सिटीलाई २–१ ले हराएका छन्। ब्रेन्टफोर्डले साउथहामटनसँगको खेलमा ५-० को सफलता पाएको छ।

१८ खेल मात्र खेलेको लिभरपुलको ४५ तथा २० खेल खेलेको आर्सनलको ४० अङ्क छ। १९ खेल खेलेको फरेस्टको ३७ तथा २० खेल खेलेको चेल्सीको ३६ अङ्क छ।

२० खेल नै खेलेका न्यु क्याशलको ३५ तथा म्यानचेस्टर सिटीको ३४ अङ्क छ। यसैगरी बोर्नमाउथको ३३ तथा अस्टन भिल्लाको ३२ अङ्क छ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ७ : २५ बजे

बूढासुब्बा गोल्डकपः धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश

सुनसरी – छब्बिसौँ अन्तरराष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक

प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

काठमाडौं – यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य

हत्यामा संलग्न रहेको आरोपमा नुवाकोटबाट दुई जना पक्राउ

नुवाकोट – नुवाकोटको बेलकोटगढी नगरपालिका–९ स्थित सिउरेनीमा एक व्यक्तिको हत्या

गोरेटो एजुकेशनल कन्सल्टेन्सीको पाँचौँ साधारणसभा सम्पन्न

काठमाडौँ- गोरेटो एजुकेशनल कन्सल्टेन्सीले आफ्नो पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बैतडी बस दुर्घटना अपडेट : आठ जनाको मृत्यु, ४५ जना घाइते

बैतडी – बैतडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ। पुर्चौडी