रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्दै « Khabarhub

रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्दै


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । आजको बैठकले केन्द्रीय समिति, सल्लाहकार परिषद्, थिंकट्यांक, केन्द्रीय विभागको पुनः संरचना, आचारसंहिता र बैठक सञ्चालन कार्यविधि संशोधन गर्नेछ।

काठमाडौंमा हिजो सुरु भएको बैठकले आगामी माघ दुई गतेदेखि पार्टी सङ्गठन निर्माण अभियान सुरु गर्ने निर्णय गरेको छ।

कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार पहिलो दिनको बैठकमा पार्टीको अधिवेशन तथा महाधिवेशन सम्पन्न गर्दै सङ्गठन निर्माणको चरणलाई समयमा पूरा गर्न राष्ट्रव्यापी अभियान सञ्चालन, केन्द्रीय सदस्यको नेतृत्वमा विभिन्न संरचना बनाउने र जिल्ला समितिको सहयोगका लागि कार्यदल गठन गर्नेबारे छलफल भएको छ ।

जारी बैठकले मुख्यतयाः सभापति रवी लामिछाने माथि भएको सहकारी ठगीको आरोपमा गरिएको गिरफ्तारी र संविधान संशोधनबारे दलको धारणा तय गर्ने प्रमुख अजेन्डा बनाइएको छ ।

बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति स्वर्णिम वाग्लेले समसामयिक राजनीति र पार्टी गतिविधिबारे जानकारी गराएका थिए। 

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ७ : ४८ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने