पाकिस्तानविरुद्ध अफ्रिकाको शानदार ब्याटिङ : एक दोहोरो र दुई शतकमा बन्यो ६१५ रन « Khabarhub

पाकिस्तानविरुद्ध अफ्रिकाको शानदार ब्याटिङ : एक दोहोरो र दुई शतकमा बन्यो ६१५ रन


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकाले पाकिस्तानसँगको दोस्रो टेस्टलाई पकडमा राखेको छ। शनिबार दोस्रो दिनको खेल सकिँदा दक्षिण अफ्रिकाले ६१५ रन जोडेको हो।

पाकिस्तानले ३ विकेट गुमाएर ६४ रन जोडेको छ। बाबर आजम ३१ तथा मोहम्मद रिजवान ९ रनमा अविजित छन्।

दक्षिण अफ्रिकाका कासिगो रबाडाले २ तथा मार्को जेन्सनले १ विकेट लिए। यसअघि घरेलु टोली दक्षिण अफ्रिकाका लागि रेन रिकेल्टनले दोहोरो शतक बनाए। ३४३ बलमा २९ चौका र तीन छक्काको मद्दतमा २५९ रन जोडेका हुन्। कप्तान तेम्भा बभुमाले १०६ तथा केल भेरियनले १०० रन जोडे। जेन्सनले ५४ बलमा ६२ तथा नवौँ क्रममा आएका केशव महाराजले ३५ बलमा ४० रन बनाए।

रेकिल्टेनले थुप्रै कीर्तिमान कायम गरे। उनको यो दोस्रो टेस्ट शतक हो। सन् २०१६ मा केप टाउनमै हसिम अमलापछि दोहोरो शतक प्रहार गर्ने उनी पहिलो दक्षिण अफ्रिकी ब्याट्सम्यान हुन्।

सन् २००६ मा स्टेफन फ्लेमिङले २६२ रन प्रहार गरेपछि सो मैदानमा सबै भन्दा धेरै रनको पारी खेल्ने उनी नै हुन्। भेरियनले योसहित एकै सिजनमा चार शतक प्रहार गरेर सबै भन्दा धेरै शतक प्रहार गर्ने दक्षिण अफ्रिकी विकेट किपरको कीर्तिमानसँग बराबरी गरेका छन्।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ८ : १० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी